छोरी लिन विद्यालय गएका श्रीमान विराटनगरबाट छोरी सहित वेपत्ता भएपछि …

छोरी लिन विद्यालय गएका  श्रीमान  विराटनगरबाट छोरी सहित वेपत्ता भएपछि …

प्रेम देवान
विराटनगर, २८ जेठ । संगैबाच्ने अनि संगैमर्ने वाचा कसम खाएर २०६९ मंसिरमा मागी विवाह गरेकी तुलसा भण्डारी (आचार्य) को जीवनमा अहिले ठूलै बज्रपात परेको छ । उनका दिनहरु अहिले नाबालीका छोरी सहित हराएका श्रीमान् फर्केर आउलान् भन्ने बाटोको पर्खाइमा हुन्छिन् । मोरङको रंगेली २ मझुवा पुल स्थायी घर भई हाल विराटनगर ३ अस्थायी बसोबास गर्दै आएका ३१ बर्षिय दिपक आचार्य घरबाट अचानक वेपत्ता भएका थिए । गत जेठ १५ गते घरबाट ४ बर्षिया छोरी दक्षिणा आचार्य वेपत्ता भएपछि अहिले तुलासा छोरी र श्रीमान् खोजीमा दैनिक भौतारि रहेकी हुन्छिन् । कहिले जिल्ला प्रहरी कार्यलय त कहिले मानव अधिकारकर्मी अनि आफन्तकोमा पुगेर गुहार माग्छिन् ।
हराएको दुई हप्ता वितिसक्दा पनि श्रीमान र छोरीको बारेमा पत्तो नलागेको उनले ुनाईन् । उनले पत्रकार सम्मेलन गरेर आफ्ना श्रीमान् र नाबालिका छोरीलाई खोजिदिन वा देख्नुहुने सबैलाई परिवारको जिम्मा लगाईदिन आग्रह गरिन् ।
विराटनगर १० कलेज रोडमा आफैले संञ्चालन गर्दैआएको छापाखानाबाट जेठ १५ गते ३ बजे तिर स्कुलमा पढ्दै गरेकी छोरीलाई लिन गएका दिपक अहिलेसम्म फर्किएका छैनन् । तुलसाका अनुसार ‘जेठ १५ गते हामी दुवैजना छापाखानामा काम गरिरहेका थियौ, ‘मलाई अलिक सञ्चो पनि छैन म छोरीलाई स्कुल लिन जान्छु उताको उतै छोरीलाई घर लग्छु भने, तुलसाले भनिन् ‘तिमी अफिस बन्द गरेर आउनु भनेर श्रीमान् घर गएका थिए, म घरमा ६ बजे तिर पुग्दा दुवै बाउछोरी नै थिएनन् । तत्काल मैल आफन्तहरुलाई खबर गरेँ कतै भेटिएनन् ।’
छोरीले मलाई कति खोजिरहेकी होली के खाई होली के गर्दै होली उनले पत्रकार सम्मेलनमा यस्तै मनका वेदना पोखिरहेकी थिईन् । उनले श्रीमान्लाई छिट्टै छोरी लिएर फर्कन आग्रह गरिन् ।
तुलसाको आशंका स्टाफ माथी
दिपकको छापाखानामा डेढबर्षदेखि एक जना महिला स्टाफ राखेका थिए । ती स्टाफले छापाखानामा हिसाव–किताबदेखी प्रशासनिक काम र अन्य छापाखानामा हुने गतिविधी समाल्दै आएकी थिईन् । तुलसाको भनाई अनुसार काम गर्ने स्टाफ पनि श्रीमान् र छोरीहराए कै दिनदेखि वेपत्ता भएकी थिईन् । तुलसाले काम गर्ने स्टाफलाई ३ दिन अगाडी कामबाट हटाएकी थिईन् । दिपक र काम गर्ने स्टाफ विचको सम्बन्ध नजिकिएको प्रमाण फेला पारेपछि तुलसाले आफै छापाखानामा स्टाफले गर्दै आएको काम समाल्दै आएकी थिईन् ।
प्रहरीको पनि खोजी कार्य जारी
जिल्ला प्रहरी कार्यलय मोरङले पनि हराएका दिपक आचार्य उनको छोरीको जिल्ला प्रहरी कार्यलयमा निवेदन परेपछि खोजि कार्य गरिरहेका जनाएको छ । नावालिका छोरी र श्रीमान् हराएपछि भोली पल्ट तुलसाले जिल्ला प्रहरी कार्यलयमा निवेदन दिएकी थिईन् । जिल्ला प्रहरी कार्यलय मोरङका एसपी मनोज केसीका अनुसार अहिले दिपकले फोन गरेको कल डिटेल्सको अनुसन्धान भईरहेको छ । एसपी केसीले भने ‘वेपत्ता भएका दिपकले प्रयोग गर्दै आएको मोवाईल स्वीच अफ र फेसबुक एकाउण्ट डिएक्टीभ गरेका कारण पत्ता लगाउन गाह्रो भईरहेको छ ।’
उता सोही दिन देखि हराएकी संगिता स्वर्णकारका परिवारले पनि निवेदन दिएका कारण दुवै जना संगै हुनुपर्ने अनुमान प्रहरी गरेको छ । दुवै जनाको मोवाईलको कल डिटेल्स हेरेर केही अनुसन्धानको नजिक पुग्न सकिने प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्