बिराटनगर मै अन्तराष्ट्रिय डिग्री पाएपछि विद्यार्थीको आकर्षण

बिराटनगर मै अन्तराष्ट्रिय डिग्री पाएपछि विद्यार्थीको आकर्षण

मेरील्याण्ड कलेज विराटनगरले बेलायतको युनिभरसिटीको स्नातक तह स्वदेशमै सञ्चालनमा ल्याएपछि विद्यार्थीहरुको आकर्षण बढ्न थालेको छ ।

थारै खर्च अनि स्वेशमै गुणस्तरीय अन्तरास्ट्रिय शिक्षा प्रदान गर्दै आएकोे मेरील्याण्ड कलेजले  बेलायतको वल्भरह्याम्टन विश्वविद्यालयको ब्य्वास्थापन संकायको स्नातकतह सञ्चालनमा ल्याएको हो । पछिल्लो समयमा मेरील्याण्ड कलेज बिराटनगरमा पुर्वका मात्रै नभई छिमेकि मुलुक भारतका विभिन्न सहरबाट बिद्यार्थीहरुको पनि आकर्षण बढ्न थालेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयको स्वीकृति र त्रिभुवन विश्वविद्यालयको समकक्षता रहेको उक्त डिग्री बिगत ४ वर्षदेखि संचानलमा रहेको छ र पहिलो ब्याचक ७० जना ले अध्ययन पुरा गरीसकेका छन् |

काठमाण्डौ, भारत र तेस्रो मुलुकका महँगाा कलेजहरुको विकल्पका रुपमा  मेरिल्याण्ड स्थापित भएको छ ।

के के छन् बिशेषता ?

अन्तर्राष्ट्रिय शिक्षण बिधि र कोर्ष : 

मेरिल्याण्ड कलेज बिराटनगरले बिद्यार्थीहरुलाई बिबिएम डिग्रीमा अन्तर्राष्ट्रिय शिक्षण बिधि (लेक्चर-ट्युटोरियल-वर्कसप) अन्तर्गत शिक्षण गराउदै आएको छ  । यो बिधि बेलायत , अस्ट्रेलिया लगायतका मुलुकमा पढाइ हुने बिधि हो   । उक्त विधिले बिद्यार्थीलाई आफुले पढेको कुरालाई प्रयोगमा ल्याएर सिक्न सकिन्छ   । कलेजमा पढाइ हुने कोर्ष बेलायत मै तयार भएको हुनाले बिद्यार्थीले अन्तरास्ट्रिय कोर्ष नेपाल मै बसेर पढ्न पाउनेछन्   । उक्त डिग्री बेलायतको बिश्वबिद्यालयको भएको हुदा विश्वब्यापी रुपमा उक्त डिग्रीको मान्यता हुन्छ  । कलेजका प्राध्यापक पनि अन्तरास्ट्रिय शिक्षा तथा विश्वबिद्यालयबाट तालिम आर्जन गरेका रहेका छन्  । कलेजको भौतिक पूर्वाधार पनि बेलायतको विश्वबिद्यालयले तोके अनुसारको अन्तरास्ट्रियस्तरको रहेकाले बिद्यार्थीहरुको रोजाईमा मेरिल्याण्ड पर्दै आएको छ  ।

बिद्यार्थीलाई अन्तरास्ट्रिय अनुभव :

बिराटनगरको मेरिल्याण्ड कलेजका बिद्यार्थीले बैदेशिक शैक्षिक भ्रमणमा गएर अनुभव प्राप्त गर्ने अवसर पाउदै आएका छन्   । बिगत २ वर्ष देखि कलेजले हरेक वर्ष कलेजका बिद्यार्थीहरुलाई विदेश भ्रमणको लागि बेलायतको युनिभर्सिटी अफ वल्भरह्यामटनको छात्रवृत्ति दिने गरेको छ  । यस बर्ष पनि कलेजका २ जना बिद्यार्थी बेलायतको समर क्याम्प २०१८ को लागि जाने भएका छन् । बेलायतसंगै अब कलेजका १० जना बिद्यार्थी थाइल्याण्ड पनि जाने भएका छन् , युनिभर्सिटी अफ थाई च्याम्बर अफ कमर्सको सहकार्यमा कलेजका १० जना बिद्यार्थी थाइल्याण्ड जाने भएका हुन्  । १ हप्ताको थाइल्याण्ड बसाईका क्रममा बिद्यार्थीहरुले  युनिभर्सिटी अफ थाई च्याम्बर अफ कमर्समा बिभिन्न शैक्षिक कार्यक्रममा सहभागी हुने छन्  । सेप्टेम्बर ९ देखि १८ सम्म उक्त शैक्षिक भ्रमण हुनेछ  ।

बिद्यार्थीको क्षेमता विकासमा जोड : 

किताबको ज्ञान मात्रै हैन , व्यावारिक पक्ष पनि राम्रो भयो भने मात्रै मानिस सफल हुन् सक्छ  । यहि मान्यतालाई आत्मसात गर्दै मेरिल्याण्ड कलेजले आफ्ना बिद्यार्थीका लागि जीवनउपयोगी शिक्षाका लागि बिभिन्न कार्यक्रम गर्दै आएको छ । कलेजले एस्पयर इभेन्ट , लिडरसिप क्याम्प , उद्यमशिलताका लागि कार्यक्रम , सामाजिक र औधोगिक प्रतिष्ठा कमाएका व्यक्तिहरुबाट अनुभव साटासाट कार्यकम लगायतका कार्यक्रम गरी बिद्यार्थीहरुलाई पढाई सकाउनु अगाडी नै काममा अनुभव दिईसकेको हुनाले बिद्यार्थीको क्षमता वृद्धि भएको छ  । यसका साथै , कलेजले बिद्यार्थीलाई अनुभव प्रदान गर्न देशका बिभिन्न प्रतिष्ठित कम्पनिहरुमा इन्टर्नशिप गराउदै पनि आएको छ , साथै कलेजबाट पढाइ सकेका बिद्यार्थीहरुको लागि 'रोजगारी मेला" समेत आयोजना गरिसकेको छ  । कलेजका  पहिलो ब्याचका बिधार्थीहरु आफ्नो ग्राजुएसन अगाडी नै अहिले ९०% बढी बिद्यार्थी आफ्नो व्यवसाय तथा बिभिन्न कम्पनिहरुमा रोजगारीमा लागिसकेका छन्  ।

मेरील्याण्ड कलेजबाट बिबिएम  गरेका विद्यार्थीहरुले विराटनगरको उद्योगीहरुलाई स्वदेशी जनशक्तिमा निर्भर बन्ने बातवरण सृजना गर्ने कलेजको अपेक्षा राखेको छ ।

वेलायतको सरकारी विश्वविद्यालय वल्भार्ह्यामटन को सापझेदारीमा खुलेको यो कलेजले अमेरिका, जापान, अस्ट्रेलिया, क्यानाडा तथा वेलायत जस्ता सम्पन्न ठाउँको शैक्षिक गुणस्तरलाई स्थानीय तहमै सर्वसुलभ बनाई दिएको छ । आफ्ना छोराछोरीलाई सीप र दक्षताबाट विभूषित भएको देख्न चाहने कुनै पनि अभिभावकका लागि मेरिल्याण्ड एकमात्र विश्वासको केन्द्र बन्न सफल भएको छ ।

अन्तरास्ट्रिय शिक्षण बिधि , अन्तरास्ट्रिय शैक्षिक अभ्यास र अन्तरास्ट्रिय पाठ्यक्रमको कारण बिद्यार्थीहरुमा उक्त डिग्री प्रति रुची बढेको कलेजका एकेडेमीक प्रमुख डा. दिब्यस चन्दले बताए ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको बिजनेस डिग्री (बिबिएम) सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा हाल मेरिल्याण्ड कलेज बिराटनगर , इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं , इटहरी इन्टरनेसनल कलेज र इन्फोर्म्याटिक्स कलेज पोखरा संचालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्