विराटनगरबाट पठाईएका गोरेसहित तीन जनालाई केन्द्रीय कारागार लगियो

विराटनगरबाट पठाईएका गोरेसहित तीन जनालाई केन्द्रीय कारागार लगियो

काठमाडौं,२८ जेठ  ।  साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणका अभियुक्तमाथि सम्पत्ति शुद्धिकरणमा छानबिन अगाडि बढाइएको छ । जिल्ला अदालतमा बिचाराधिन मुद्दाका प्रतिवादी चूडामणि उप्रेती (गोरे) भुजुङ गुरुङ र डाक्टर डेविट भनिने छिरिङ वाङ्गेल घलेमाथि सम्पत्ति शुद्धिकरणमा छानबिन अगाडि बढाइएको हो ।

तीनजनालाई सोमवार ललितपुरस्थित सम्पत्ति शुद्धिकरण विभागमा झिकाइएको थियो । विभागमा गोरेसहितको टोलीसँग प्रारम्भिक वयान लिइएको छ । त्यस लगत्तै गोरेसहितका तीनजनालाई केन्द्रीय कारागार सुन्धारा लगिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सम्पत्ति शुद्धिकरण अभियोगमा छानबिनका लागि छानबिन माग गर्दै अदालतमा अभियोग पत्र दायर गरेको थियो । सम्पत्ति शुद्धिकरण विभागले सरकारी वकिल कार्यालयको अभियोग पत्रका आधारमा तीन जनालाई झिकाउन जिल्ला अदालत मोरङमा पत्राचार गरेको थियो ।

मोरङले २५ जेठमा पठाएको पत्रमा प्रतिवादीहरुसँग कसुरको गाम्भीर्यताको आधारमा तत्काल केही कुरा बुझि जाँचबुझ कार्य अगाडि बढाउनुपर्ने भएकाले उनीहरुसँग बुझ्ने कुरा बुझी फिर्ता पठाइने उल्लेख छ । विभागले जाँचबुझ गर्नुपर्ने कुरा जाँचबुझ गरेपछि उनीहरुलाई फिर्ता पठाउनुपर्ने शर्तमा मोरङ जिल्ला अदालतले राजधानी झिकाउनका लागि अनुमति दिएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले सुन तस्करीका अभियुक्तहरुले तस्करीमार्फत अकूत सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धिकरणमा छानबिनका लागि अभियोग पत्र दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्