घर भत्काउन आएका वडा अध्यक्ष सहित प्रहरीलाई नगरवासीद्धारा ईट्टा प्रहार(भिडियोे सहित)

<span class='c1'>घर भत्काउन आएका वडा अध्यक्ष सहित</span> <span class='c2'>प्रहरीलाई नगरवासीद्धारा ईट्टा प्रहार(भिडियोे सहित)</span>

विराटनगर २८ जेठ ।
विगत केही दिन देदि रंगेली नगरपालिकाको काममा विवाद आउँदै जान थालेको छ । स्थानीय सरकार रंगेली नगरपालिकाले नगरवासीको गुनासोमा ध्यानै नदिई विकासको काम गर्दा अहिले थप समस्याहरु देखिँदै जान थालेको छ ।
रंगेली नगरपालिकाले सडकको लम्बाई बढाउने बिषयमा पटक–पटक सुचना टाँस गर्दै आएको भएपनि स्थानीयलाई यो कुरा पटक्कै चित बुझेको थिएन । नगरपालिकाले त्यै पनि स्थानियबासीलाई बारम्बार सुचना टाँस गरेर भत्काउन जानकारी गराउँदै आएको थियो । तर स्थानीयवासीले अटेर गरेपछि रंगेली नगरपालिकाले गैर कानुनी रुपमा बनाईएका घर टहरा भत्काउने निर्णय गरेको थियो ।
वडा नम्बर ५का वडा अध्यक्षले आफुलाई भोट नहाल्ने सर्बसाधारणको घर भत्काएको समाचार आई रहेको बेला रंगेली ७ मा भने घर भत्काउन गएका वडा अध्यक्ष सहितको टोलीलाई स्थानीयले ईट्टा प्रहार गरेका छन् । सोमबार रंगेली नगरपालिका ७ का वडा अध्यक्ष रामचन्द्र मंन्डल सहित पुगेको प्रहरी टोलीमाथि स्थानीय मालिक चन्दन दासले प्रतिकार गरेका हुन् ।
उनले आफ्नो घरको छतबाट ईटा प्रहार गर्दै डोजरले घर भत्काउँदै गरेको अबस्थामा त्यहाँ पुगेका वडा अध्यक्ष सहित प्रहरीलाई लखेट्ने प्रयास गरेका थिए । वडा अध्यक्ष सहित प्रहरी, डोजर चलाउने चालकलाई समेत घरको छतबाट जथाभावी ईटा प्रहार गरेका थिए । घर भत्काउने क्रममा प्रतिकार गर्दा बेटी चौधरीले हानेको ईट्टाले लागेर वडा नम्बर ७ का बडा अध्यक्ष मण्डलको दाहिने हातमा चोट लागेको छ । स्थानीयले प्रहार गरेको ईट्टाले डोजरको सिसा समेत फुटेको छ ।
अहिले रंगेली नगरपालिका वडा नम्बर ७ मा तित्रीटोलमा १ सय २५ मिटर लम्बाई सडक निर्माणको काम भईरहेको छ भने २६ फिट चौडाई सडक बिस्तार गर्ने गर्न नगरपालिकाले काम शुरु गरेको हो । नगरपालिकाले पहिलो चरणमा पक्की नाला निर्माण गर्न करिब ८ लाख रुपैयाँ बजेट छुट्याएको वडा अध्यक्ष मण्डलले बताए ।
ईट्टा प्रहार गर्ने चौधरीलाई ईलाका प्रहरी कार्यलय रंगेलीले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक कबिन्द्र कार्कीले जानकारी दिए ।

https://www.youtube.com/watch?v=_FSikp7XYGs

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्