खोलाको अबैध उत्खनन् रोकिएन, गाउँपालिका अध्यक्ष चिठी दिने प्रहरी रोक्ने

खोलाको अबैध उत्खनन् रोकिएन, गाउँपालिका अध्यक्ष चिठी दिने प्रहरी रोक्ने

विराटनगर, ३० जेठ ।
मोरङ केराबारी गाउँपालिका स्थित खदम खोलामा नदी दोहन गर्ने क्रम अझै रोकिएको छैन । केराबारी गाउँ पालिकाका विभिन्न सडक निर्माणका लागि भन्दै नदीबाट ढुङ्गा, गिट्टी, बालुवा मापदण्ड बिपरित निकाल्ने क्रम जारी रहेको हो । वातावरणीय प्रभाव मुल्याङ्कनमा खदम खोलाको सिरान तर्फ ८० सेन्टिमिटर र पुछार तिर डेढ मिटर गहिरोसम्मको ढुङ्गा, गिट्टी, बालुवा निकाल्नुपर्ने उल्लेख छ ।
१० मिटर गहिरो खाल्डो बनाएर गिट्टी, बालुवा निकाल्ने काम भइरहेको छ । गाउँपालिकाले सडक निर्माणका लागि गिट्टी, बालुवा निकाल्न दिएको पत्रनै बोकेर व्यवसायीहरूले गिट्टी, बालुवा खुलेयाम निकाली रहेका छन् । गिट्टी, बालुवा निकाल्न दिएको अनुमति पत्रमा अध्यक्ष रोहितबहादुर कार्कीको हस्ताक्षर छ । गाउँ पालिकाका अध्यक्ष कार्की क्रसर व्यवसायी हुन । उनको क्रसर उद्योग कृष्ण क्रसिङ्ग इण्डस्ट्रिज हो । केराबारी गाउँपालिका तीन नम्बरका वडा अध्यक्ष भक्त श्रेष्ठ शिव क्रसर उद्योगका मालिक हुन भने आठ नम्बर वडा अध्यक्ष मनोज खड्का तथा १० नम्बर वडा अध्यक्ष जङ्ग खवासको महादेव क्रसर उद्योग छ । यि तीनै उद्योगले मोरङको खदम खोलाबाट मापदण्ड बिपरित नदीजन्य पदार्थ उत्खनन गरिरहेका छन् । प्रहरीले खोलाबाट नियन्त्रणमा लिएका सवारी साधनको तथ्यांकले पनि ठुलो संख्यामा खोलाबाट अबैध रुपमा उत्खनन् भईरहेको प्रमाणित हुँदै आएको छ ।
प्रहरीले भने पछिल्ला दिनमा खोलामा कडाई गर्न थालेको छ । अवैध उत्खननमा संलग्न ९ वटा सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । केरावारी गाउपालिका वडा नं ८ स्थित खदम खोला भित्र मापदण्ड विपरित अवैध रुपमा खोलाजन्य पदार्थ (मिक्स गिट्टी) उत्खनन् तथा ओसारपसार गरि रहेको अवस्थामा २ वटा जेसिबी लोडर सहित ५ वटा हाईवा र २ ट्रिपर गरि जम्मा ९ वटा सवारी साधनहरु नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए । उनका अनुसार दैनिक १७ वटासम्म अबैध उत्खनन् गर्दै गरेका सवारीहरु नियन्त्रणमा आउन थालेको जानकारी दिए । गाउँपालिकाले स्वकृती अनी अनुगमन नगर्दा भने असजिलो भएको प्रहरीको बुझाई छ । कतिपय गाउँपालिकाका अध्यक्ष आफै क्रसर संचालक भएको भन्ने जानकारीमा आएपनि कस्को के हो भन्न भन्दापनि कानुन मिचेर अबैध उत्खनन् गरिएका सवारीहरु नियन्त्रणमा लिन थालिएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्