विराटनगरमा टेलिफोनको लाईन अबरुद्ध, एक हजार बढी सेवाग्राही समस्यामा

विराटनगरमा टेलिफोनको लाईन अबरुद्ध, एक हजार बढी सेवाग्राही समस्यामा

प्रेम देवान
विराटनगर ३० जेठ । विराटनगर ५ बरगाछीका सामाजिक अभियान्ता पारुल क्षेत्रीको घरमा लेण्डलाईन टेलिफोन नचलेको ५ दिन बित्यो । एडीएसएल ईन्टरनेट त झनै ३ महिना देखि चलेकै छैन । यस बारेमा नेपाल टेलिकम कार्यालयमा बारम्बार मोवाईलबाट फोन गरेर गुनासो राखेको भएपनि त्यो कहिल्यै सुनुवाई भएन । टेलिकमले कुनै चासो नै नदेखाएपछि बुधबार आफै विराटनगर स्थीत टेलिकमको कार्यलयमा पुगे ।
कार्यलयमा टेलिकमका हाकिम स्यामनारायण साह भारत उपाचार गर्न गएका रहेछन् । उनको जिम्मेवारी निमित्त प्रमुख बच्चुराज खतिबडालाई दिईएको रहेछ । आक्रोशका बिच कार्यालयमा पुगेका क्षेत्रीले कार्यलयमा कोही नभेटेपछि लेखा अधिकृत पशुपती सुवेदीलाई भेटे । क्षेत्रीले आफ्ना सबै समस्या राखे । सुवेदीले समस्याको बारेमा क्षत्रीलाई जानकारी गराउँदै भने, ‘दैनिकी २० भन्दा बढी गुनासा आउने गरेको छ ।’
पारुल क्षेत्री त एक उदाहणीय पात्र मात्र हुन् । उनीजस्ता अहिले विराटनगरका अधिकांश स्थानमा सडक विस्तार गर्ने नाममा धेरैका टेलिफोनका तारहरु टुटेका छन् । टेलिफोनबाट सबैभन्दा बढी विराटनगर १० शान्ति चोकका स्थानीय समस्या झेल्दै आएका छन् । यहाँका स्कुल, कलेज, प्राईभेट तथा सरकारी कार्यलयमा पनि टेलिफोन तथा ईन्टरनेट अबरुद्ध हुँदै आएको छ । एक हप्ता अगाडीदेखि घरमा टेलिफोनको सेटमा लाईन नै नआएको वङगामुखी मार्गकी ६० वर्षिया राधिका श्रेष्ठले गुनासो गरिन् । आफूलाई मोबाईल चलाउन नआउने भएका कारण लेण्डलाईन नै प्रयोग गर्ने गरेको उनले सुनाईन् । छोरा–छोरी घर बाहिर भएका कारण बोल्न नपाएको दुखेसो पोखिन् ।
सडक तथा नाला विस्तारका क्रममा एक्साभेटरले बाटो खन्ने क्रममा एक्वा पार्क नजिकै रहेको टेलिकमको भूमिगत केबुलको तार काटिएपछि सतही टेलिफोन अवरुद्ध भएको नेपाल टेलिकम विराटनगरका निमित्त प्रमुख बच्चुराज खतिवडाले बताए । अहिले सबैभन्दा मार तीनटोलिया क्षेत्रका करिब ८ सय देखि १ हजारसम्म सेवाग्राहीको टेलिफोनको लाईन प्रत्यक्ष प्रभावित भएको स्वीरकार गरे । उनले भने ‘अबको २–३ दिन भित्रमा पूर्ववत् अवस्थामा टेलिफोन सेवालाई सञ्चालन गर्न समय लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्