विश्वकप फुटवल रसियामा, ब्यापार विराटनगरमा

विश्वकप फुटवल रसियामा, ब्यापार विराटनगरमा

विराटनगर ३० जेठ । विश्वकपमा नेपालले कहिले सहभागी जनाउने हो, त्यो अत्तोपत्तो छैन । तर पनि नेपालले सहभागीता जनाए झै विश्वकपको रौनक नेपाली बजारमा उसैगरी देखिएको छ ।
यसपटक २१ औं संस्करण विश्वकप रुसमा हुँदैछ । रुसमा हुने विश्वकप फुटवलको महाकुम्भ मेला भोलीदेखि हुने तयारीमा छ । ३२ राष्ट्रले भाग लिने उक्त प्रतियोगितको रौनक भने विश्वरभर फैलिसकेको छ । यसबाट नेपाल पनि अछुत छैन ।
रुसमा विश्वकप विराटनगरमा ब्यापार
रसियामा विश्वकपको तयारी भईरहँदा त्यसको अघिल्लो दिन बिराटनगरमा ब्यापार देखिएको छ । विराटनगरमा विश्वकपको पुर्ब सन्ध्यामा जर्सीले बजार लिएको छ । अनी ब्यापार बढाएको छ । हरेक कपडा पसलहरुमा विभिन्न देशका झन्डा देखि रुमाल अनि जसर्रीहरु टाँगिएका छन् । त्यही अनुपातमा कारोवार पनि भईरहेको ब्यापारीहरु बताउँछन् ।
विराटनगरको बजार, चिया पसल, सामाजिक सञ्जालमा जताजत्तै विश्कपको चर्चा चुलिँदो छ । यो वा त्यो टिमले विश्वकप जित्ने भन्दै विभिन्न अड्कल बाजी भएका पनि छन् । समर्थकहरुले आफूलाई मन पर्ने देश र खेलाडीका जर्सी लाएर हिँड्न सुरु गरिसकेका छन् ।
जर्मनी, स्पेन, ब्राजिल, अर्जे्न्टिना, फान्स्र, पोर्चुगल लगायत देशका जर्सीको व्यापार अहिले नेपाली बजारमा चलिँदो छ । भोलीदेखि हुनलागेको विश्वकप फुटबल विराटनगरमा देखिएको क्रेज यस्तो छ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्