नेपाली ‘माउन्टेन बाइकर’ को श्रीलंकाको नदीमा खसेर मृत्यु

नेपाली ‘माउन्टेन बाइकर’ को श्रीलंकाको नदीमा खसेर मृत्यु

काठमाडौं जेठ ३१ । नेपाली ‘माउन्टेन बाइकर’ को श्रीलंकाको नदीमा खसेर मृत्यु भएको छ । बुधबार श्रीलंकाको महावेली नदीमा खसेर काठमाडौंका नारायणगोपाल महर्जनको खसेर मृत्यु भएको हो ।

महर्जन श्रीलंकामा आयोजना गरिएको इन्टरनेशनल रेश प्रतियोगितामा सहभागीका लागि पुगेका थिए । एएफपीका अनुसार श्रीलंकाको राजधानी कोलम्बोबाट २३० किलोमिटरको दूरीमा रहेको कुडा ओया नदीमा खसेर पालीमहर्जनको मृत्यु भएको हो ।

महर्जनका आफन्तले शव छिटो नेपाल ल्याइदिने पहल गर्न सरकारसमक्ष अनुरोध गरेका छन् ।

श्रीलंकन एयरलाइन्सले ‘रुम्बल इन जंगल’ नाराका साथ ९ जूनदेखि १५ जूनसम्म अन्तर्राष्ट्रिय रेस प्रतियोगिता आयोजना गरेको थियो । ३९ प्रतियोगी रहेको प्रतियोगितामा नेपालसँगै बेलायत, जर्मन, इटाली र स्विजरल्यान्डका बाइक राइडर सहभागी थिए ।

महर्जनको मृत्यु भएपछि एक विज्ञप्ति जारी आयोजकले प्रतियोगिता स्थगित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्