कोशी अञ्चल अस्पतलामा फेरी लफडा, शिशु मृत्युको बिषयमा तनाव

कोशी अञ्चल अस्पतलामा फेरी लफडा, शिशु मृत्युको बिषयमा  तनाव

विराटनगर ३१ जेठ । कोशी अञ्चल अस्पतालमा भर्खरै जन्मिएको नवजात शिशुको मृत्युको बिषयमा आफन्त आन्दोलित भएका छन् । डाक्टरको लापरवाहीका कारण शिशुको मृत्यु भएको भन्दै पीडीतहरुले अस्पतालको डाक्टरलाई कारवाही गर्नुपर्ने र क्षतिपुर्तिको माग गर्दै नाराबाजी गरेका हुन् ।
विराटनगर ८ मधुमारा बस्ने १९ बर्षिया रीमा लावतीलाई ३ दिन अघि कोशी अञ्चल अस्पताल भर्ना गरिएको थियो । ३ दिन अघि भर्ना भएकी गर्भवती महिलाले आफै बच्चा जन्माउन नसकेपछि आज बिहिवार मात्र अप्रेशन गरिएको थियो । अप्रेशन गरेको ५ मिनेट पछि बच्चाको मृत्यु भएको बच्चाका बुबा आकाश लावतीले बताए ।पिडीतका आफन्तले डाक्टरको चरम लापारबाहीको कारण मृत्यु भएका भन्दै अस्पतालमा फोडफोड गरेका छन् । फोडफोडमा संग्नल २ जनालाई प्रहरी नियन्त्रण लिएको छ । अप्रेशन गर्ने डाक्टर तुलसी महतोले बच्चा जन्मदा आमाको दिशामा लटपटिएका कारण मृत्यूभएको बताए । बच्चाको मृत्यु बारेमा अस्पातल प्रशासन, डाक्टर र पिडीतहरु विच वार्ता भएपनि अस्पताल प्रशासन यस बिषयमा मौन छ । कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट रोशन पोखरेल काठमाण्डौमा रहेका छन् । उनले भने, ‘म काठमाडौँमा छु, बच्चाले पेटमा दिसा खाएको कारण मृत्यु भएको भन्ने जानकारी आएको छ त्यो बिषयम मिलाउने प्रयास भईरहेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्