जोगवनी कस्टमको ज्यादतीले नेपाली ब्यवसायी समस्यामा

<span class='c1'>जोगवनी कस्टमको ज्यादतीले</span> <span class='c2'>नेपाली ब्यवसायी समस्यामा</span>

विराटनगर, १ असार ।
जोगवनीमा रहेको भारतीय ल्याण्ड कस्टमका कर्मचारीको ज्यादतीले गर्दा नेपाली ब्यवसायीले अनावस्यक हैरानी पाईरहेका छन् । मिरगञ्ज पुलबाट ४० फिट भन्दा लामा कन्टेनरहरु प्रवेश गर्न नपाउने भन्दै पुल पार गरेर नेपाल प्रवेश गर्न लागेका कन्टेनरहरु पुल भन्दा उत्तै फर्काएर भारतीय कस्टम अधिकारीले दुःख दिएकाले बुधवार जोगवनी नाकाबाट १३ कन्टेनर फर्किएका छन् । विराटनगर भन्सार एजेन्ट संघका अनुसार मंगलवार राती पनि एउटा कन्टेनर भन्सारको ढाटबाट फर्काइएको थियो ।

आलोक कुमार नामका कस्टोम ईन्स्पेक्टरले त्यसरी आएका कन्टेनरहरुलाई मिरगन्ज पुलभन्दा उत्तै फर्काइ दिएका हुन् । भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरका अनुसार, ४० फिट भन्दा बढीका कन्टेनर मिरजगन्ज पुल तरेर यता आउन नपाउने भन्दै भारतीय कस्टम अधिकारीले यता आईसकेका कन्टेनर पनि फेरी उतै फर्काएका हुन् ।
गत साल साउनको अन्तिमसाता आएको बाढीले मिरगञ्ज पुललाई क्षती पुर्याएपछि २० टन भन्दा बढी क्षमताका मालवहाक गाडीहर भारतको बथनाहाबाटै प्रवेशमा रोक लगाई सुनसरीको भान्टावारी हुँदै नेपाल प्रवेश गर्न दिने गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्