भारतमा समाचार सम्पादकको गोली हानी हत्या

<span class='c1'>भारतमा समाचार सम्पादकको</span> <span class='c2'>गोली हानी हत्या</span>

बीबीसी । भारतको जम्मु कश्मीरको राजधानी श्रीनगरमा भारतका वरिष्ठ पत्रकार अर्थात ‘राइजिङ कश्मीर’का सम्पादकको गोली हानी हत्या भएको छ ।

सुजात बुखारीको गोली हानी हत्या भएको बीबीसीले जनाएको छ ।

प्रहरी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार ४८ वर्षका बुखारी श्रीनगरको लालचोक सिटी सेन्टरबाट एउटा भोजमा जाँदै गर्दा गोली प्रहार गरिएको थियो । अज्ञात हमलाकारीले उनको हत्या गरेका थिए ।
मोटरसाइकलमा आएका आक्रमणकारीको प्रहारबाट सम्पादक बुखारीमाथि अन्धाधुन्द गोली हानिएको थियो । गोली प्रहारबाट उनका निजी सुरक्षा अधिकारीको पनि मृत्यु भएको बीबीसीले जनाएको छ ।

अहिलेसम्म कसैले पनि हत्याको जिम्मा लिएको छैन । कश्मीर प्रहरीले संदिग्ध हमलाकारीको तस्बिर सार्वजनिक गरेको छ ।

जम्मु कश्मीरका मुख्यमन्त्री महबूबा मुफ्तीले बुखारीको हत्यामा शोक व्यक्त गरेकी छन् । बुखारी सम्पादक बन्नुअघि करिब १५ वर्ष कश्मीरबाट ‘द हिन्दु’ का संवाददाता थिए ।

उनीमाथि सन् २००० मा पनि हमला भएको थियो । त्यसपछि उनको सुरक्षाका लागि प्रहरी खटाइएको थियो । कश्मीरमा शान्ति कायम राख्न उनी लामो समयदेखि सक्रिय रहेका थिए ।
उनी शान्ति र सुरक्षा जस्ता मुद्दामा हुने कार्यक्रममा सधैं सहभागी हुन्थे । उनले बिहीबार पनि अन्तिम ट्वीट गर्दै भनेका थिए, “कश्मीरमा हामीले गर्वका साथ पत्रकारिता गरिरहेका छौं, यहाँ जे पनि भइरहेको ती सबै जनताका अगाडि ल्याइरहनेछौं ।”
https://www.bbc.com/hindi/india-44487541

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्