एक नम्बर प्रदेश सरकारको बजेट आज आउँदै, सिलिङ ३५ अर्ब तयारी

एक नम्बर प्रदेश सरकारको बजेट आज आउँदै,  सिलिङ ३५ अर्ब तयारी

विराटनगर, १ असार ।
प्रदेश सरकारले असार १ (आज) आउँदै छ । आगामी आर्थिक वर्ष २०७५-७६ का लागि झण्डै ३५ अर्बको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश ३ ले ४० अर्बको बजेटको तयारी गरिरहेको बेला झण्डै बराबरी स्रोत भएको प्रदेश १ ले भने बजेटको आकार ३५ अर्ब भन्दा नबढ्ने गरी बजेट ल्याउन लागिएको हो । झण्डै ३१ अर्बको स्रोत निश्चित भएकोले घाटा बजेट पेश गर्ने तयारी अनुसार योजनाहरु तयार भईसकेको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले जनाएको छ ।
आगामी वर्षको बजेटमा पुँजिगत तर्फ झण्डै ८० प्रतिशत र सामान्यतर्फ करिव २० प्रतिशत बजेट विनियोजन गर्ने सरकारको तयारी छ । कुल बजेटको ४० प्रतिशत हिस्सा भौतिक पूर्वाधार निर्माणकालागि खर्च गर्ने गरी विनियोजन हुँदैछ । यो अंक बजेटको आकार अनुसार निकै ठूलो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्