विराटनगरमा ‘तिमी हुन्छौ जहाँ ’ फिल्म बारे यस्तो धारणा

<span class='c1'>विराटनगरमा ‘तिमी हुन्छौ जहाँ ’</span> <span class='c2'>फिल्म बारे यस्तो धारणा</span>

प्रेम देवान
आवर विराटनगर डट नेट । आगामी असार ८ गतेबाट देशभर एकै साथ प्रर्दशन हुन लागेको चलचित्र तिमी हुन्छौ जहाँ–जहाँ टिम यतीबेला देश दौडाहमा निस्किएको छ । चलचित्रका नायक नायिका सहित चलचित्रको प्रोमोसनको लागि निस्कीएको टोली शुत्रबार विराटनगर आईपुगेको छ । विराटनगर आईपुगेर पत्रकारहरुसँग चलचित्रको बारेमा जानकारी गराए । यतिबेला चलचित्रको प्रचार–प्रसार जुटिरहेका छन् यसका लागि पुर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशी, अभिनेता मनिष सुन्दर श्रेष्ठ, नव अभिनेत्री तमन्ना केसीसँगै निर्माताहरु डालचन्द्र दवाडी, प्रकाश बाँसकोटा लगायत देश दौडाहमा निस्किएका छन् । मोफसल प्रचार प्रसारमा दौडिएका कलाकार तथा निर्माण टिमले चलचित्र उत्कृष्ठ बनेको दावी गरेका छन् । नायक मनिस सुन्दरले विराटनगरमा रहेर अध्ययन गरेको मेरिल्याण्ड कलेजमा पनि गएर फिल्मको प्रचार प्रसारमा लागेका छन् ।
विकास वस्यालको निर्देशनमा बनेको यो चलचित्रमा धरानकी मलिना जोशी, विराटनगरका मनिष सुन्दर श्रेष्ठको प्रमुख भुमिका रहेको छ । उनीहरुसँगै तमन्ना केशी रवि गिरी, रुपा राना, बिश्व बस्नेत, स्वरुप पुरुष ढकाल, गिता अधिकारीसँगै अतिथि भुमिकामा वर्षा शिवाकोटीलाई पनि देख्न सकिन्छ ।
अर्जुन पोख्रेलको संगीत, कबिराज गहतराजको कोरीयोग्राफी र रामशरण उप्रेतीको छायांकन रहेको छ । तिमी हुन्छौ जहाँ जहाँलाई बि एण्ड बि फिल्मस्को ब्यानरमा बन्ने चलचित्र मदन दवाडी, डालचन्द्र दवाडी, हरी प्रकास अधिकारी र प्रकास बाँसकोटा मिलेर निर्माण गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्