विराटनगर, २ असार ।
विराटनगरको बुधनगरमा निर्माण भईरहेकाो एकिकृत भन्सार जाँच चौकी (ईन्टीग्रेटेड कष्टम चोकपोष्ट आईसीपी) आगामी पुस महिना भित्रमा सम्पन्न गरिने भएको छ। निर्माण कार्यक्रमा भईरहेको प्रगतिको जानकारी लिन शुक्रवार आईसीपी निर्माण स्थलमा पुगेका नेपाल ईन्टर मोडल यातायाता विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतलाई निर्माण कम्पनीका प्रतिनिधिले निर्माणको अबस्थाको बारेमा जानकारी गराएका हुन । आईसीपी निर्माण कम्पनीका प्रतिनिधि घनश्याम शर्माले अहिलेकै गतिमा काम हुँदा ६ महिना भित्रैमा काम सम्पन्न गरिसकिने बताए । सम्झौता अनुसार सो कम्पनीले आगामी डिसेम्बर महिना भित्रमा आईसीपी निर्माण कार्य सम्पनन गरिसक्नुपर्ने छ । भारतीय दुतावासका प्रतिनिधि निरज जयसवाल समेत रहेको टोलीले भैरहेको निमार्ण कार्यको स्थलगत निरिक्षण गरेको थियो ।
विरगञ्जमा निर्माण भएको आईपीमा देखिएका भौतिक कमीकमजोरीलाई सच्याउँदै भौतिक संरचनाहरु निर्माण गर्न ईन्टरर मोडल यातायता विकास समितीका कार्यकारी निर्देशक बस्नेतले निर्माण कम्पनीलाई निर्देशन दिए । सो अबसरमा उनले नेपालको तफृबाट गर्नु पर्ने सहयोगमा कुनै कमी कमजोरी हुन नदिने प्रतिबद्धता जनाउँदै सोही अनुसार निर्माण कार्यलाई अघि बढाउन निर्देशन दिएका थिए । भारतले नेपालको बिराटनगर, बिरगंज, भैरहवा र नेपालजगंजमा आईसीपी निर्माण गरी रहेकोमा बिराटनगरमा भने रेल्वे लाईन र आईसीपी दुबैको काम सँगै भईरहेको छ । उद्घाष दैनिकबाट