संखुवासभाको अरुण तेस्रोको सुरुङमा पुरिएर ४ जना वेपत्ता

संखुवासभाको  अरुण तेस्रोको सुरुङमा पुरिएर ४ जना वेपत्ता

संखुवासभा, २ असार । अरुण तेस्रो  परियोजनाको बाँध निर्माणस्थलमा ढिस्कोले पुरिएर चारजना वेपत्ता भएका छन् । संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलबिद्युत आयोजनाको सुरुङ खन्ने क्रममा शुक्रबार राती पौने ९ बजे सुरुङभित्र ढिस्को खस्दा ४ जना पुरिएका हुन ।

ढिस्कोमा पुरिएर २ नेपाली र २ भारतीय कामदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वेपत्ता हुनेमा कालिकोट सिउना गाउँपालिका–४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका–१ का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारत बिहारका नन्द किसोर रहेका छन् ।  शाही र परियार कामदार थिए भने मुण्डा अपरेटर र नन्द किसोर इलेक्टोनिक मिस्त्री थिए । पानी परिरहेकाले उद्दारमा कठिनाइ भएको छ । ढिस्को हटाउन स्काभेटर र डोजर घटनास्थल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्