उत्तरी भारतमा अविरल वर्षा, ११ जनाको मृत्यु, कैयौँ बेपत्ता र विस्थापित

<span class='c1'>उत्तरी भारतमा अविरल वर्षा, ११ जनाको</span> <span class='c2'>मृत्यु, कैयौँ बेपत्ता र विस्थापित</span>

नयाँ दिल्ली । उत्तरी भारतीय राज्यमा चार दिनयता देखि जारी भारी वर्षापछिको बाढीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

उत्तरी भारतीय राज्य आसाम, त्रिपुरा, मणीपुरमा जारी यस प्रकोपमा परी ११ व्यक्तिको मृत्यु हुनुको साथै हजारौँको सङ्ख्यामा विस्थापित भएका छन् ।

उक्त वर्षापछिको बाढीमा परेर कैयौँ नागरिक बेपत्ता भएका छन् । तर के कति मात्रामा उनीहरु हराएका छन् भन्ने बारेमा खोजी सुरु भएको बताइएको छ ।

आसाम राज्यका कैयौँ जिल्लामा भारी बर्षापछि बाढी आएको उक्त राज्यका प्रकोप व्यवस्थापन निकायका एकजना अधिकारीले जानकारी दिएका छन् ।

यस राज्यमा तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३६ हजार विस्थापित भएका पनि उनले जानकारी दिएका छन् ।

त्यसैगरी त्रिपुरा राज्यमा यस प्रकोपमा परी कम्तीमा तीन व्यक्तिको मृत्यु हुनको साथै अन्य १५ हजार घरबारबिहिन भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

मणिपुर राज्यमा जारी भारी बर्षाको पछिको बाढीको कारण राजधानी इम्फाललगायत राजधानीसँग जोडिएका जिल्लामा सरकारले विदा दिएको बताइएको छ । रासस÷सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्