विराटनगरको आकाश हुँदै ठुला जेट विमान चल्न पाउने, नेपाललाई थप प्रवेश मार्ग उपलब्ध

विराटनगरको आकाश हुँदै ठुला जेट विमान चल्न पाउने, नेपाललाई थप प्रवेश मार्ग उपलब्ध

विराटनगर, ३ असार ।
भारतीय आकाशहुँदै नेपाल प्रबेश गर्ने विमानले अब सिमराबाट मात्र छिर्नु पर्ने बाध्यता हटेको छ । भारतले काठमाडौँका लागि बिराटनगर र जनकपुरको आकाश खुल्ला गरेको छ । महेन्द्रनगर–नयाँ दिल्ली, जनकपुर–पटनाका लागि दुई रुट पनि थप्ने सहमती गरेको छ । महेन्द्र नगर र जनकपुर रुट भने क्रस बोर्डर उडानका लागि मात्र हो । नेपाल नागरिक उड्ययन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणका प्राबिधिकको बिहिवारदेखि राजधानीमा भएको दुईदिने वार्तामा अन्तराष्ट्रिय उडानको लागि नेपाललाई थप प्रवेश मार्ग उपलब्ध गराउने सहमती भएको हो । यस अघि काठमाडौँबाट उड्ने ठुला विमान दक्षिण, पस्चिम र पुर्ब तर्फका मुलुक जाँदा महेन्द्रनगर, भैरहवा, जनकपुर र बिराटनगर नाकाबाट भारतीय हवाई रुट भएर निस्कन पाउँथे । यी रुट एक तर्फी मात्र भएकोले ठुला विमान नेपाल छिर्न भने पाउँदैन थिए । यी रुटलाई दुई तर्फी बनाउन भारत सहमत भएको हो ।
प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार अब बिराटनगर र जनकपुरबाट ठुला जेट विमान प्रवेश गर्न सक्नेछन् । तर महेन्द्र नगरबाट क्षेत्रीय उडान भर्ने मझौला विमानले मात्र प्रवेश पाउने छ । ‘दिल्लीहुँदै आउने ठुला विमानलाई महेन्द्रनगरको आकाश भएर प्रवेश गराउन प्रस्ताव गरेका थियौँ तर भारतीयपक्षले अहिले साना विमानका लागि मात्र सहमती जनायो उपमहानिर्देशक पोखरेलले भने, यो सहमती पछि अब नेपालगंज, पस्चिमका धनगढी र सुर्खेतबाट भारतको दिल्ली लगायत क्षेत्रीय सहरको उडानका लागि बाटो खुल्ला भएको छ ।’ यस अघि काठमाडौँबाट महेन्द्र नगरको आकाशहुँदै दिल्ली तथा मध्य पुर्बी र पस्चिम मुलुक जाने मात्र हवाई बाटो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्