ओबीले तयार पारेको सचेतना मुलक छोटो चलचित्र ‘नव विहानी’ जहदामा प्रदर्शन

ओबीले तयार पारेको सचेतना मुलक छोटो चलचित्र ‘नव विहानी’ जहदामा प्रदर्शन

विराटनगर, ३ असार ।
बाल विवाह न्युनिकरण र महिला सशक्तिकरण सम्बन्धि तयार पारिएको सचेतना मुलक छोटो चलचित्र ‘नव विहानी’ जहदा गाउँपालिकाको ग्रामिण बस्तीमा प्रदर्शन गरिएको छ। स्थानीय परिवेश र स्थानीयका समस्यालाई झल्को दिने गरी त्यही छायाङ्कन गरिएको छोटो चलचित्र स्थानीयलाई देखाईएको हो ।
जीवन विकास समाजले निर्माण गरेको चलचित्र जहदामा रहेका पिछडिएको बस्तीका सर्बसाधारणलाई देखाईएको थियो । चलचित्रमा राम भजन कामत, कौशिल्या कामत, समिक्षा नेपाल, सुजाता महापात्रो, मधु मण्डलले अभिनय गरेका छन् । ओबी मिडिया प्रा.लि.ले निर्माण गरेको चलचित्रको कथा तथा निर्देशन सरोज कार्कीले गरेका हुन । चलचित्रको छायाङ्कन तथा भिडियो सम्पादन जाकिर राजाले गरे ।
छोटो चलचित्र ‘नव विहानी’को प्रदर्शनको क्रममा बोल्दै जीवन विकास समाजका सिनियर मेनेजर दामोदर रेग्मीले स्थानीयलाई भिडियोको सन्देश जस्तै आफ्ना छोरीहरुको सानै उमेरमा हुले विवाह रोक्न आग्रह गरे । उनले भिडियोमा भएजस्तै विवाह भन्दा पनि बिद्यालय पठाएर उनीहरुको भविष्यलाई उज्वल बनाउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्