कार्यकारी राष्ट्रपतिय प्रणाली व्यवस्था उपयुक्त छैन : कांग्रेस नेता केसी

कार्यकारी राष्ट्रपतिय प्रणाली व्यवस्था उपयुक्त छैन : कांग्रेस नेता केसी

विराटनगर,३ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कार्यकारी राष्ट्रपतिय प्रणाली व्यवस्था हाम्रो जस्तो मुलुककालागी उपयुक्त नहुने वताएका छन् । नेपाल प्रेस यूनियन मोरङले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा उनले मुलुक संघीयतामा गईसकेको अवस्थामा राष्ट्रपति प्रणाली व्यवस्थाले सम्पुर्ण शक्ति केन्द्रिकित हुने निरंकुशता कायम हुने वताए ।
नेता केसीले नेपालको संविधान सम्झौताको दस्तावेज भएको वताउदै राष्ट्रपति पद्धतिमा शक्ति एक स्थानमा केन्द्रीत हुँदा निरंकुश हुने संभावना भएकोले यो ब्यवस्था उपयुक्त नहुने दावी गरे ।
कार्यकारी राष्ट्रपति प्रणाली विषयमा नेपाल कम्युनिष्टपार्टिका शिर्ष नेताले कुरा उठाएपनी त्यो कार्यान्वय हुने कुरा असंभव रहेको उनले बताए । पाँचवर्ष पछि नेपाली कांग्रेसलाई सवैभन्दा ठुलो पार्टि वनाउनेगरी कांग्रेसले सशक्त भएर प्रतिपक्षको भुमिका निर्वाहगर्ने वताए । सरकारको कामको मूल्याङ्कन , निरीक्षण र परिक्षण गरेर रामा्र काममा सहयोग गर्ने वताए । काग्रेसलाई सुद्धिढ र संगठित वनाउन पार्टि नेतृत्वतह जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए । उनले नेपाली कांग्रेसको विधान संघीय स्वरुपमा शंशोधन गरी महाधिवेशन गराउने कार्यमा तत्काल अघि वढ्नु पर्ने वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्