बिराटनगरमा फार्मेसी र अस्पतालको लापरवाहीले आँखा नदेख्ने भइन निर्मला !

बिराटनगरमा फार्मेसी र अस्पतालको लापरवाहीले आँखा नदेख्ने भइन निर्मला !

प्रेम देवान
विराटनगर, ४ असार । अस्पताल तथा फार्मेसीहरुमा चिकित्सकको मनपरी बढ्दै जान थालेको छ । बिभिन्न समयमा चिकित्सकहरुबाट आउने समस्या त छदै छ फार्मेसीको ठगीधन्दाले धेरैलाई झस्क्याउने गरेको छ । त्यही समस्याको बिचमा अर्को समस्या देखिएको छ, रानीमा रहेको एक फामेसीबाट दिईएको औषधिबाट । विराटनगरको रानी मिल्सएरीयमा रहेको एक मेडिकलहलबाट किनेर लगेको औषधी विरामीले प्रयोग गरेपछि आँखा नदेख्ने समस्या देखिएको छ ।
विराटनगर १६ रानी स्थित बैंक चोकमा रहेको जितु मेडिकोहलबाट आँखामा लगाउने औषधि किनेर लगेपछि आखा नदेख्ने समस्या भएको पिडीतले आरोप लगाएकी हुन् । बर्मेलीटोलकी ३५ बर्षिय निर्मला कार्कीले जितु मेडिकोहलबाट किनेर लगेको औषधी आँखामा प्रयोग गर्नसाथ आँखामा समस्या आएको उनले बताईन् । 
रानीकै एक निजी स्कुलमा अध्यापन गराउदै आएकी निर्मलाले मेडिकोहलबाट किनेको औषधी प्रयोग गरेपछि समस्या आएको बताईन् । उनका श्रीमान् अर्जुन कुमार अर्जेलले गत विहीबार राती ९ बजे मेडिकोहलबाट एट्रोपिन आईस ड्रप (एनीम– पिन) ५ एमएलको औषधी किनेर लगेका थिए । निर्मलाले गलत औषधी प्रयोग गरेका कारण शुक्रबार विहानदेखि आँखा नै नदेखेको बताईन् । त्यसपछि भोली पल्ट विराटनगर आँखा अस्पताल पुगेर जचाँएको उनले आवर विराटनगरलाई जानकारी दिईन् ।
निर्मलाको विराटनगर आँखा अस्पतालका नेत्र विशेषज्ञ सविना अर्यालले हेरेकी थिईन् । खास के कारण भएको हो भनेर ओवी टिम आइतबार दिनभर यसै विषयमा स्थलगत रिर्पोटिङकालागी पुगेको थियो। ।
समस्यामा निर्मला
केहीदिन अघि मात्र उनमा आएको समस्याको बारेमा घरमा मात्र छलफल भएको थियो । तर यसरी बाहिर नै भने आएको थिएन । उनका अनुसार ‘मलाई अस्तिको अघिल्लो विहीबारदेखि नै आखा पाक्ने र चिलाउने भएको थियो । यसअघि मेरो छोरीलाई पनि आँखा पाक्ने समस्या भएको कारण माईक्रो फ्याक्स ड्रप्स भन्ने औषधी किनेर प्रयोग गरेकी थिएँ, राम्रैसँग निको भएको थियो । तर केहीदिन पछि मलाई पनि त्यस्तै आखा पाक्ने समस्या आएपछि मैले पनि श्रीमान्लाई यही औषधी किनेर ल्याउनु भनेको थिएँ । श्रीमान्ले औषधि पसलमा गएर औषधि मागे तर पसलवाट अर्कै औषधी दिएर पठाएछन् । श्रीमान्ले यो हैन, अर्कै औषधी दिनु औषधीपसलमा गएर भन्दा यही औषधीले निको भईहाल्छ नि भनेपछि श्रीमान्ले त्यही (एन – पिन) लिएर आउनु भएछ ।
राती भईसकेको थियो । मलाई पनि सहनै नसक्ने गरी दुखेको थियो दुखाई कम गर्न त्यही औषधि प्रयोग गरेको उनले सुनाईन् । उनी शुक्रबार विहान उठ्दा केही पनि नदेख्ने भएकी थिईन् । ‘म शुक्रबार दिनभर तनावमा नै बसे । काममा पनि जान सकिन, उनले भनिन्, मलाई झनै गाह्रो हुन थालेपछि शनिबार विराटनगर आखा अस्पताल परिक्षणमा गएको हो ।’
डाक्टरले औषधी गलत भएको भन्दै त्यही औषधिको असर भएको बताएको उनले सुनाईन् । निर्मलाले अझै पनि आखा स्पष्ट देख्न सक्दिनन् । उनले भनिन्, म धेरै पिडामा छु, मेरो सम्पुर्ण जिम्मेबारी जितु मेडिकोहलले लिनुपर्छ ।
यस्तो उपचार
अस्पतालले भने औषधिको असर देखिएको बताएको छ । विराटनगर आँखा अस्पतालकी नेत्र रोग सहायक सविना अर्यालले एट्रोपिन आईस ड्रपले निर्मलाको आँखामा असर पुगेको बताईन् । ‘औषधी गलत हो नेत्र रोग सहायक अर्यालले भनिन्, निर्मलाको आखा पाकेको थियो तर उनलाई आखाको नानी बढाउने औषधी प्रयोग भएको पाईयो ।’ तर यसमा अत्ताली हाल्नुपर्ने अबस्था नभएको चिकित्सक अर्चालले बताएकी छिन् । ‘उहाँको आँखा निको हुन हप्तादिन जस्तो समय लाग्न सक्छ । अहिले मैले अर्कै औषधी दिएको छु,नेत्र रोग सहायक सविनाले भनिन् ।’
तनावमा मेडिकल संचालक
हामीले यस विषयमा जितु मेडीकोहलका सञ्चालक जितेन्द्र कुमार रजकलाई विराटनगर १६ बैक चोकमा रहेको मेडिकोहलमा नै पुगेर यथार्थ जानकारी लिन खोज्दा सम्बन्धित व्याक्ति भेटिएनन् । मेडिकोहल सञ्चालक जितेन्द्रलाई हामीले बारम्बार फोन सम्र्पक गर्दा पनि सम्पर्कमा आउन चाहेनन् । मेडिकोहलका कर्मचारी रमेश शर्माले भने, जसले यो औषधी प्रयोग गर्नु भएको छ, सायद उहाँलाई साईडईफेक्ट गरेको हुनुपर्छ ।’ औषधी दिने बेलमा आफु भने नभएको र अर्कै कर्मचारी भएको बेलामा दिईएको भन्दै तर्किए ।
सधै बदमासी
केही अगाडीमात्र विराटनगर अस्पताल अगाडी खुलेको महाकाल फार्मेसीले उपचार गर्न आएका एक युवालाई ६४ हजारको औषधि दिएर एक लाख २९ हजारको बिल बनाएर विरामीलाई ठग्ने प्रयास भएको थियो । विराटनगर अस्पताल प्रा.लि अगाडी खुलेको महाकाल मेडिकल हलले श्याम मगरको उपचारको लागि ६४ हजार बरावरको औषधी दिएर एक लाख २९ हजार ६ सय रुपैयाँको बिल बनाएको पाईएको थियो । फार्मेसीले बढी औषधि दिएको बिल बनाएर ठगी फार्मेसीका सञ्चालक आशिष भगतलाई प्रहरीले पक्राउ गरेको थियो ।
त्यतीमात्र हैन कोशी अञ्चल अस्पतालमा त दैनिक बिरामीको बिषयमा लफडा भईरहने गरेको छ । केही दिन अघिमात्र अस्पातलमा डाक्टरका लापारबाहीका कारण अस्पतालमा तोडफोड भएको थियो । पछिल्लो समय डाक्टर र फार्मेसीहरुको गलत रिर्पोटका कारण धेरै विरामीले अकाल मै ज्यान गुमाउने गरेका छन् । अस्पतालमा डाक्टरको लापरवाही त छ नै अस्पताल बाहिर फार्मेसीहरुको बदमासीका कारण झन सेवाग्राहीले दुःख पाईरहेका छन् । यस विषयमा सम्बन्धित निकाय अहिलेसम्म मौन छ।

https://www.youtube.com/watch?v=zBoPiBJc-co

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्