६ लेन सडकमा मेयरको चासो, बर्षा अघि नै समस्या समाधान गर्न निर्देशन

६ लेन सडकमा मेयरको चासो, बर्षा अघि नै समस्या समाधान गर्न निर्देशन

विराटनगर, ४ असार ।
विराटनगर महानगरका मेयर भीम पराजुलीले व्यपारिक मार्ग विस्तार आयोजना सिक्सलेनको काममा भइरहेको ढिला सुस्तीको बारेमा चासो दिएका छन् । आज स्थलगत निरिक्षणको क्रममा पुगेका मेयर पराजुुलीले विराटनगरमा ढुवानको समस्या सिर्जना हुनसक्ने भन्दै बर्षा अघि नै समस्या समाधानमा चासो दिन ठेकेदार कम्पनीलाई निर्देशन दिएका हुन् ।
विराटनगर महानगर भित्र निर्माण भइरहेको आयोजना अन्तरगत बनेका सडक र नालीको सोमवार गरिएको अनुगमनका क्रममा मेयर पराजुलीले ६ लेन सडकमा समस्या देखिएको बताए । आयोजनाले बनाएका सडक र नालीसँग जोडिएका सवै शाखा सडकमा नाली नहुँदा पानी जमेर डुवानको खतरा हुने भन्दै चिन्ता ब्यक्त गरे । उनले ६ लेन सडकका कारण समस्या आयो भन्ने गुनासा नआउने गरी तत्काल अघि बढाउन उनले ठेकेदार कम्पनीलाई निर्देशन दिएका हुन ।
वर्षाको समय नजिकिँदै गर्दा उत्पन्न हुने समस्या समाधानकालागि उचित विकल्प निकाल्न आबश्यक भएकाले अनुगमन गरिएको मेयर पराजुलीले जानकारी दिए । गत बर्षको जस्तो समस्या आउन नदिनको लागि बिभिन्न कोणहरुबाट समस्या समाधानका उपायको खोजी गरिएको पराजुलीले जानकारी दिए । अनुगमनको क्रममा दुधफारम, आयल निगम, कञ्चनवारी, बरगाछी र मुनालपथका विभिन्न भागको अनुगमन गरिएको थियो । अनुगमनमा सम्वन्धित कम्पनिका ठेकेदार, प्रदेशसभा सदस्य केदार कार्की, वडाअध्यक्ष विनोद वस्नेत, इन्जिनियर र स्थानीयहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्