कुदाउदै गरेको मोटर साईकलमा आफै आगो लागेपछि ………

कुदाउदै गरेको मोटर साईकलमा आफै आगो लागेपछि ………

प्रेम देवान
विराटनगर ४ असार । तपाई हामीले कुदाउदै गरेको मोटरसाईकल अचानक आफै आगलागी भयो भनेर सुन्नु भयो भने तपाईलाई पत्यार नलाग्न सक्छ । तर कहिलेकाही हामीले सोच्दै सोच्दै नसोचेको घटना हुन पुग्छ । त्यस्तै घटना सोमबार दिउसो कानेपोखरी गाँउपालीका ४ बस्ने २८ बर्षिय राजकुमार खत्रीले कुदाउदै गरेको मोटर साईकलमा भएको छ । अचानक आगलागी भएर मोटरसाईकल पुर्ण रुपमा क्षति भएको छ ।
खत्रीले कुदाउदै गरेको को १९ प ७३७७ नम्बारको निलो रङ्गको १८५ सिसिको मोटरसाईकलमा अचानक आफै आगलागी भएको थियो । खत्रीले मोरङको भाउन्ने पेट्रोल पप्पमा पेट्रोल हालेर दुई मिटर अगाडी पुग्दा मोटरसाईकलमा आगलागी भएको डाँगीहाटका प्रहरी ईन्चार्ज नारायण प्रधानले आवर विराटनगरलाई जानकारी दिए । आगलागी भएको मोटरसाईकललाई बेलबारी नगरपालिकाको दमकलले नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्