अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अन्तरिक्ष सेना बनाउने घोषणा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अन्तरिक्ष सेना बनाउने घोषणा

वासिंटन, असार ५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेनाको छैटौं शाखाअन्तर्गत अन्तरिक्ष सेना बनाउने घोषणा गरेका छन् ।

राष्ट्रिय स्पेस काउन्सिलसँगको बैठक अघि बोल्दै उनले देशको सुरक्षा र अन्तरिक्षमा अमेरिकाको उपस्थिति थप प्रभावकारी र मजबुत बनाउन अन्तरिक्ष सेना जरुरी रहेकोमा जोड दिए ।

अन्तरिक्ष सेना अलग्गै हुने र यसले देशको सुरक्षामात्र नबढाइ रोजगारी र अर्थव्यवस्थामा पनि सुधार आउने अमेरिकी राष्ट्रपतिको विश्वास छ । उनले अन्तरिक्षका सम्बन्धमा रुस र चीन जस्ता देशलाई अमेरिकाभन्दा अगाडि बढिरहन दिन नसक्ने बताए ।

राष्ट्रपति ट्रम्पले अमेरिकाले फेरि चन्द्रमा पुग्ने र मानिसलाई मंगल ग्रहमा पठाउने तयारी गर्ने योजना सुनाए ।

अमेरिकी सेनाको नयाँ शाखाका लागि अमेरिकी कांग्रेसले कानुन पारित गरेपछि मात्र अमेरिकी राष्ट्रपतिको घोषणाले वैधानिकता पाउने छ । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्