बिराटनगर-१२ मंगलबारे हटियाबाट महिलाको सिक्री तान्दै गर्दा चोर समातिएपछि…

<span class='c1'>बिराटनगर-१२ मंगलबारे हटियाबाट महिलाको सिक्री</span> <span class='c2'>तान्दै गर्दा चोर समातिएपछि…</span>

बिबेक दाहाल , बिराटनगर असार ६ , बिराटनगर-१२ स्थित मंगलबारे हटियाबाट महिलाहरुको सिक्री तान्दै गर्दा चोर समातिएका छन्। हरेक मंगलबार लाग्ने उक्त ठाउको हटियामा बिराटनगर-१२ कै संगीता मण्डलले लगाएको सिक्री तान्दै गरेको अवस्थामा विरगन्ज घर बताउने रमेश राय समातिएका छन् । सिक्री तान्दै गर्दा संगीताले थाहा पाएपछि उक्त सिक्री चोर पक्राउ परेका थिए ।

उनलाई अहिले वडा प्रहरी कार्यालय लागिएको बखरी प्रहरी चौकीका असई अमर राइले आवर बिराटनगरलाई जानकारी दिए । 

यस अघि पनि उक्त हटियाबाट धेरै जनाको सिक्री चोरी हुदै आएको थियो । बिराटनगर-१२ बस्ने भुवना सुबेदीको पनि केहि महिना अघि मात्रै सिक्री चोरी भएको बताइन ।

बिराटनगरका अन्य हाटबजारमा पनि यस्ता चोरीका घटना हुदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्