बिराटनगर आसपासका चारजना बालकको भारतबाट उद्दार, यसरी भारत पुग्छन बालबालिका (भिडियो सहित)

बिराटनगर आसपासका चारजना बालकको भारतबाट उद्दार, यसरी भारत पुग्छन बालबालिका (भिडियो सहित)

सुमन सुस्केरा
भारत,(कटियार, ) ७ असार ।
भारतको कटिहारबाट ४ जना बालकको उद्दार भएको छ । नेपालबाट बिभिन्न प्रलोभनमा भारत पुगेका उनीहरुलाई केन्द्रीय बाल कल्याण समिती, सिविन र जिल्ला बाल कल्याण समितिको पहलमा उद्दार गरिएको हो । उद्दार गरिएका बालकमा अधिकांश घरबाट भागेर गएकाहरु रहेको सिविनका कार्यक्रम संयोजक बासुदेब अधिकारीले जानकारी दिए । उनका अनुसार नेपालबाट भारतीय बजारमा पु¥याईएका बालबालिका कतिपयलाई प्रलोभनमा पारेर लगेको त कतिपयलाई काम गराउने उदेश्यले भारत पुर्याईएको पाईएको छ ।
उद्दार भएका बालकहरुमा ३ बर्ष देखि भारतको बालगृहमा जीवन बिताई रहेकाहरु पनि रहेका छन् । उद्दार भएकामा कटहरीका सुनिल कुमार मण्डल, विराटनगर बरगाछीका ८ बर्षिय सुमन तामाङ, विराटनगरका शौरव सापकोटा र कटहरीका मुकेशकुमार पासवान रहेका छन् । शौरव सापकोटा भने सबैभन्दा बढी उमेरका बालक हुन । उनको उमेर १३ बर्ष नाघेको छ । उनी केको लागि भारत गए भन्ने समेत जानकारी राख्दैनन । कक्षा ७ पास गर्ने बितिकै हिँडेका उनललाई भारतको कटिहार रेल स्टेशनबाट प्रहरीले पक्राउ गरी बालगृहमा पठाएको थियो ।

[caption id="attachment_57419" align="alignnone" width="960"] उद्दारको लागि नेपालबाट पुगेको टोलीलाई बालकहरु पठाउँदै भारतीय बालगृहका अधिकारीहरु .[/caption]

अर्का पासवान पनि झुक्कीएर कटिहार पुगेको बताउँछन् । कटहरी घर भएका पासवान फारविसगंञ्ज जाने भन्दै गएका थिए । तर त्यहाँबाट ट्रेन चढे कहाँ पुगिन्छ भन्ने समेत उनले पत्तो नपाएको सुनाए । फारविसगञ्चबाट जोगवनी जान्छु भनेर ट्रेन चढेका पासवान एक्कासी कटीयार पुगेको सुनाउँछन् । उनी रेलबाट झरेको केही समय पछि नै प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै सुनिल कुमार मण्डल ३ बर्ष देखि भारतको बिहारको कटिहारमा रहेको अली जफर मेमोरियल एजुकेशन ट्रष्टले संचालन गर्दै आएको बालगृहमा बस्दै आएका थिए । उनी भने आफ्नो आमा र बुबा पञ्जावमा रहेको कारण पञ्जाव जाने भन्दै गएका थिए । तर उनलाई के थाहा पञ्जाव कहाँ हो भनेर । उनी न पञ्जाव पुगे न घर नै फर्किन पाए उनलाई रेलबाट झर्ने बितिकै भारतीय प्रहरीले पक्राउ ग¥यो अनी उनलाई ३ बर्ष सम्म बालगृहमा राखिएको थियो । उद्दार गरिएका चारै जनालाई बिराटनगर ल्याएर आफन्तको जिम्मा लगाईएको छ ।

https://www.youtube.com/watch?v=g8AqgeTxVuM

उद्दारको क्रममा कटिहार पुगेकाकेन्द्रीय बाल कल्याण समितिका बालबालिका फोकल पर्सन सुमन अधिकारीले नेपाली बालबालिका भारतीय बजारसम्म पुग्ने क्रम डरलाग्दो रहेको बताएका छन् । उनीहरु आफन्तसँग आउँदा छुट्ने या आफै ट्रेन चढेर जाने मात्र नभई दलालहरुको फन्दामा पर्ने समेत गरेको पाईएको छ ।

https://www.youtube.com/watch?v=bPZPWXSr0JY

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्