आज अन्तराष्ट्रिय योग दिवस, बराहक्षेत्रमा बृहद योग शिविर

आज अन्तराष्ट्रिय योग दिवस, बराहक्षेत्रमा बृहद योग शिविर

विराटनगर, ७ असार ।
विश्व योग दिवसको अवसरमा आज एक नम्बर प्रदेश सरकारले बराह क्षेत्रमा बृहद योग शिविर आयोजना गरेको छ ।सामाजिक विकास मन्त्रालयको अगुवाईमा योग शिविर आयोजना गरिएको हो । एक नम्बर प्रदेशका मोरङ, सुनसरी तथा उदयपुरका स्थानीय तहका प्रमुखहरु समेतको उपस्थिती रहने गरी एक हजार पाँच सयबढी योग शिविरमा सहभागी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले मन्त्रालय स्तरबाट धार्मिक पर्यटकिय स्थल बराहक्षेत्र चतरामा योग शिविरको आयोजना गरिएको जानकारी दिए । ‘सबै नागरिक स्वस्थ रहनु पर्छ भन्ने हाम्रो मान्यता हो, मन्त्री घिमिरेले भने, ‘योगको माध्यामबाट पनि धेरै खालका रोगको उपचार हुने विस्वास रही आएकोले हामीले योग दिवसलाई भब्य गराएका हौँ ।’ शिविरमा सहभागी हुनको लागि एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, मन्त्रीहरु सभामुख, सांसदहरु सहितको टोलीले बराहक्षेत्रमा योग गरेको हो । स्थानीय जन प्रतिनिधि, प्रहरी अधिकारी, ब्यवसायी, पर्यटन क्षेत्रका ब्यक्तिहरु, मन्त्रालय स्तरका सचिव, कर्मचारीले पनि योग गरे ।
हरेक बर्ष जुन २१ तारिखलाई विश्वले योग दिवसको रुपमा मनाउँदै आएको छ । एक नम्बर प्रदेशलाई स्वस्थ रहन योग भन्ने मुल नाराका साथ यो शिविरको आयोजना गरिएको हो ।
यस्तो योग
संसारभरि लोकप्रिय भएको योग शब्द कर्मयोग, ज्ञानयोग, ध्यानयोग अनेक रुपमा हिन्दु, बौद्ध, र जैन संस्कृतिमा व्यवहार भइरहेको शब्द हो । योगको सोझो अर्थ हो जोड्नु । योगको क्रियाले पनि मानवीय चेतनालाई यसका अनेक आयामसंग सम्बन्धित गर्न सक्छ– शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्यको केन्द्रमा गरिने सम्बन्धनलाई नै योगको रुपमा बुझिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्