प्रेम बानिया अमेरिकाबाट रविको साथमा , लेखे यस्तो स्टाटस !!

प्रेम बानिया अमेरिकाबाट रविको साथमा , लेखे यस्तो स्टाटस !!

नेपाली टेलिभिजन जगतकै चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनता संग’ का प्रस्तोता एवं चर्चित पत्रकार रबि लामिछाने फेरि एक पटक बिबादमा तानिएका छन् ।

न्युज ट्वान्टीफोर टेलिभिजनमा हरेक शनिबार, मंगलबार र बिहीबार प्रशारित हुने चर्चित कार्यक्रम “सिधा कुरा जनता संग” मा नेपाली जनताका गुनासाहरुलाई प्राथमिकताका साथ कार्यक्रममा प्रशारण हुँदै आएकाे छ। गलत प्रवृत्ति, गलत ब्यक्ती, भ्रष्टाचारी ठेकेदार, कर्मचारी र नेपाली चेलीबेटीहरुलाई बेच्ने दलालहरुका बारेमा निरन्तर खबरदारी गरिरहेका पत्रकार लामिछानेका विरुद्ध नभएका कुरा लागाएर केहि ब्यक्तीहरु हदैसम्म सक्रिय भएका छन् ।

केहि समय अगाडी अमेरिका पुगेका पूर्व चर्चित पत्रकार प्रेम बानियाँले सामाजिक संजाल फेसबुक मार्फत रबी लामिछानेका बारेमा यस्तो लेखेका छन्:

“एउटा उल्कापात ! एउटा बज्र !! वा एउटा सकारात्मक बिध्वंश !! रबि लामिछानेलाई देशप्रवृति, पत्रकारिता प्रवृति र जीवनका धेरै अनुभव, लडाईंजुधाई र सत्यहरु सुम्पिएर र यताका केही ग्रहण गरेर केही समयको लागि (मात्र केही समयको लागि) विदेसिएको पात्र हूँ म । आज रबिजी त्यही स्टुडियोबाट बोलिरहेका छन् जसका लागि एकएक इटा संकलन गरेर, जग हालेर र त्यसलाई जीवन्त बनाएर हिंडेको हूँ म । आज रबिजी माथि आक्रमण गरिरहेका यिनै पिप्साहरुले हिजो मजस्ता धेरैधेरैलाई देश छोड्न बाध्य पारेका छन्, कति-कतिको के-के समाप्त पारेका छन् भनीसाध्य छैन र यस्तै प्रवृतिका पात्रहरुका कारण आज मेरो देशको हालत खराब छ !!! यो एक प्रकारको ‘ओपनसेक्रेट’ हो ।

उनीहरु भनिरहेका छन् ‘रबिले वर्कपरमिट लिएन, यसो गर्यो- त्यसो गर्यो, जेल हाल्नुपर्छ’ आदिआदि । तर, बिचराहरुलाई के थाहा रबिजीले अमेरिकाको नागरिकता वा पासपोर्ट नै अमेरिकी सरकारलाई बुझाएको कति भयो ? अनि त यति ढिलो आएर (पत्रकारहरु) ‘डेट एक्सपाएर्ड न्यूज’को खेती गरिरहेका छन् ! आज प्रशारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रम हेर्न नभुल्नु होला र थाहा पाउनुहोला कि यो देशमा दुईचार दाना कुहिएका आलुहरुले सिंगै बोरालाई कसरी दुर्गन्धित बनाइरहेका छन् ? हरपल कुरा भइरहन्छ र भनिरहेको छु रबिजी, कुनै पनि समय, जीवनको कुनैपनि मूल्य चुकाएर देशको लागि परिवर्तनका जबर्जस्त अगुल्टाहरु भएर अघि बढ्नैपर्छ र हम्मेशा म तयार छु अब त हामी झन् तयार भएका छौं विश्वभरीबाट!!!”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्