बिराटनगरको यो सडकमा समयमा काम नसकिदा स्थानीय पिडित

बिराटनगरको यो सडकमा समयमा काम नसकिदा स्थानीय पिडित

बिराटनगर असार ७ ,  बिराटनगरको ट्राफिक चोक देखि रोडशेष चोक सम्मको सडक बनाउन सुरु गरिएको महिनौ भएको छ । दैनिक काम   भएको पनि देखिन्छ तर अझै काम सम्पन्न भएको भने छैन ।

अझ अहिले कलेज रोडको सडक भत्काएर बनाउने     काम सुस्त हुदा निकै चहलपहल हुने उक्त सडकमा सवारीसाधन कुदाउन त कुरा छाडौ , मानिसलाई  हिड्न समेत ग्राहो भएको अवस्था छ ।

"३ हप्ता भयो काम सुरु गरेको तर कहिले पानीको वहानामा त कहिले अन्य वहानामा सडक मर्मतको काम नहुदा आफ्नो ब्यापार समेत चौपट भएको छ" स्थानीय ब्यापारी आकास अग्रवालले आवर बिराटनगर  लाई गुनासो पोखे  । उक्त सडकमा बिशेष गरेर बिद्यालय तथा कलेजहरु रहेको हुदा बालबालिका लाई बिद्यालय जना समेत ग्राहो परेको स्थानीयको गुनासो छ । बर्खामा काम गर्न सकिदैन थियो भने किन बाटो भत्काएर छाडियो भन्ने गुनासो स्थानीय पोखिरहेका छन् ।

उक्त सडकमा दैनिक सवारीसाधन दुर्घटनामा पनि परिरहेका छन् । बर्खा लागिसकेको हुदा सडक निर्माणको काम नसकिएको अवस्थामा बिराटनगरमा बर्खामा हिड्न निकै जोखिमपूर्ण हुने अनुमान लगाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्