सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका ९ बन्दीद्धारा उच्च अदालतमा निवेदन दर्ता

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका ९ बन्दीद्धारा उच्च अदालतमा निवेदन दर्ता

विराटनगर, ८ असार
सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमुद्दामा पुर्र्पक्षको लागि थुनामा रहेका नौ जना अभियुक्तहरुले जिल्ला अदालत मोरङको आदेशमा चित्त नबुझेपछि १७ नम्बरको लागि निवेदन दर्ता गरेका छन् । मोरङ जिल्ला अदालतले गरेको आदेश चित्त नबुझेपछि सादा तारेखमा आफुहरुलाई छाड्न माग राख्दै उनीहरुले उच्च अदालतमा १७ नम्बरको लागि निवेदन दर्ता गरेका हुन् । उच्च अदालत बिराटनगरमा १७ नम्बर गर्नेमा ४ जना उच्च ओहदाका प्रहरी अधिकारीहरु सहित अन्य सुन तस्करीका मुख्य योजनाकारहरु तथा ओसापसारमा संलग्नहरु समेत रहेका छन् ।

१७ नम्बर दर्ता गर्नेमा पुर्ब डिआईजी गोबिन्द निरौला, निलम्बीत एसएसपी दिवस लोहनी, एसपी विकासराज खनाल र डिएसपी सञ्जयकुमार राउतले जिल्ला अदालतको आदेश बिरुद्ध उच्च अदालत गएका हुन् । यस्तै थुनुवा हेमन्त गौतम, राजन थापा, पुण्यप्रसाद लामा, भुजुङ गुरुङ र सम्बीरप्रसाद तोलाङगेले पनि निवेदन दर्ता गराएका छन् । अदालतको आदेश चित्त नबुझेपछि बन्दीहरुले १७ नम्बरको निवेदन दर्ता गराएपछि जिल्ला अदालत मोरङले उच्च अदालत बिराटनगरलाई बिहिवार कैफियत प्रतिबेदन पठाएको छ । कैफियत प्रतिबेदनमा अभियुक्तले दिएको बायान, घटना मुचुल्का र अदालतको आदेश रहने छ । मुद्दाको सम्पुर्ण कैफियत प्रतिबेदन उच्च अदालतमा बुझाएपछि अदालतले पेशी तोक्ने छ । उच्च अदालतमा प्रत्यक हप्ताको बिहिवार मात्र पेशी हुने भएकोले १७ नम्बरमा निवेदन परेका अभियुक्तहरुको हकमा पनि आउँदो बिहिवार बहस हुनसक्ने एक कानुन ब्यवसायीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्