बिराटनगर महानगर यो बर्ष डुवानबाट बच्ला ? अझै योजना बनेन

बिराटनगर महानगर यो बर्ष डुवानबाट बच्ला ? अझै योजना बनेन

विराटनगर, ८ असार ।
बर्षा शुरुभएसँगै विराटनगरवासी गत बर्षको अबस्था दोहोरिने हो की भन्ने चिन्तामा छन् । उनीहरु गत बर्षको जस्तो डुवान बिराटनगरले खेप्न नपरोस भन्दै बिराटनगर महानगरपालिकालाई समेत झक्झक्याई रहेका हुन्छन् । निकाश नाला सफा नहुँदा गत बर्षको बर्खामा बिराटनगर जलमग्न भयो ।
सानो बर्षामा पनि जलमग्न हुने बिराटनगर क्षेत्र भित्र निरन्तरको बर्षापछि केसल्या र सिँगियाको बाढी पसेपछि जनजीवन कष्टकर बनेको थियो । गत बर्षको चोट सेलाउन नपाउँदै फेरी बर्खा शुरु भएको छ । सानो बर्षामा पनि जलमग्न हुने बिराटनगरको बजार क्षेत्रमा आकाशे पानी निकाशका लागि नालाको काम नहुँदा बर्खाको जोखिम उस्तै छ । तर विराटनगर महानगरपालिका भने सम्भाबित डुवान रोक्नको लागि डेढ महिना अघिदेखि नै पुर्ब तयारीमा जुटेको बताउँछ ।
विराटनगर महानगरापलिकाका मेयर भिम पराजुली सम्भावित डुवान नियन्त्रणका लागि महानगरपालिकाले वडा स्तरबाट काम गरेको बताउँछन् । ‘हामीले ठुला पैनीहरुबाट सहज निकाशका लागि स्काभेटर प्रयोग गरेर सफा गरिसकेका छौ, उनले भने, ‘सडकका निकाश नाला पनि सफा गर्ने काम अन्तिम चरणमा पुर्याएका छौ ।’
गतबर्ष बिराटनगर जलमग्न हुनुको कारण दुई खोला मात्र थिएनन् । विकास निर्माणका लागि सडक खनेर छाड्दा परेको पानी बग्न नपाउँदा बिराटनगर लामो समयसम्म जलमग्न भएको थियो । यो बर्खामा महानगरले अधिकांश सडकका नालाहरु सफा गरेको मेयर पराजुलीको भनाई छ । तर अहिले पनि विकासको काम अघि बढी रहेकोले धेरै नालाहरुको निकाश देखिँदैन । भएका पानी त्यही जम्ने र डुवानको खतरा यो बर्षपनि उस्तै नै रहेको नगरवासीको बुझाई छ । गत बर्ष भन्दा यो बर्ष केही काम भएजस्तो भने देखिएको छ । गत बर्ष सडक खनेका स्थानहरु यो बर्ष कालो पत्रे भएको छ । ती सडकहरुको निकाश नाला राम्रो भएका कारण परेको पानी जम्ने अबस्था नरहेको मेयर पराजुलीको भनाई छ । तर बिराटनगर बिराटनगर महानगरपालिकाको मुख्य बजारको सडक नाला कोशी राजमार्गसँग जोडिएको छ । राजमार्गलाई ६ लेनमा स्तरउननती गर्नेकाम नसकिँदासम्म पानीजम्ने समस्या समाधान नहुने मेयर पराजुली नै बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्