आफैलाई गोली हान्न लगाउने श्रीनिवास अदालतको आदेशपछि पाँच हजार धरौटीमा छुटे

आफैलाई गोली हान्न लगाउने श्रीनिवास अदालतको आदेशपछि पाँच हजार धरौटीमा छुटे

विराटनगर, ८ जेठ ।
आफैलाई गोली हान्न लगाउने पण्डित श्री निवासाआचार्य ५ हजार धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले हात हतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि जेल चलान गरेको केही दिन भित्रै उनी छुटेका हुन् । श्रीनिवास जिल्ला प्रशासन कार्यालयको आदेशमा चित नबुझेपछि १७ नम्बर प्रयोग गर्दै जिल्ला अदालत मोरङमा पुनरावेदन गर्न गएका थिए । कानुनमा आफु माथि लागेको आरोपको आदेश चित नबुझे माथिल्लो निकायमा जानसक्ने कानुनी ब्यवस्था अनुसार उनी जिल्ला अदालत मोरङमा १७ नम्बर प्रयोग गरि गएका थिए ।
अदालतले आज दिएको आदेशमा उनी दोषी नदेखिएको हुँदा उनलाई थुनामा राखि रहनु पर्ने कारण नदेखिएकोले ५ हजार धरौटी लिएर छाड्नु भन्ने अदालतको आदेशका आधारमा उनलाई छाडीएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए । जेठ १६ गते जिल्ला प्रशासनको आदेशमा उनी जेल चलान भएकोमा झुम्का कारागारमा राखिएको थियो ।
श्रीनिवासलाई हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ (क) बमोजिम पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । उनको रिहा भएसँगै उनलाई लिनका लागि हिन्दुधर्मका अनुसायी तथा उनका समर्थकको जिल्ला प्रशासन कार्यालयमा भिड लागेको थियो ।
बाराको सिमरा ३ घर भइ सुनसरीको चक्रघट्टीस्थित लक्ष्मी बैंकटेशको आश्रममा बस्ने आचार्य विराटनगर १४ जतुवास्थित रामजानकी मन्दिरमा पुराण वाचनका लागि आएका आचार्यमाथि चैत २५ गते राती १ः ४५ बजे शौचालय जान निस्केको अवस्थामा गोली प्रहार भएको थियो । उनलाई उनकै सुरक्षा गार्डले गोली प्रहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्