विराटनगर शनीमन्दिरको विराट आयुर्वेद फार्मेसी विवाद, लगानीकर्ता पत्रकार गुहार्दै

विराटनगर शनीमन्दिरको विराट आयुर्वेद फार्मेसी विवाद, लगानीकर्ता पत्रकार गुहार्दै

विराटनगर, ८ असार । विराटनगर ७ मा सञ्चालित विराट आयुर्वेद फार्मेसी पतञ्जली सेवा केन्द्रको नाममा रहेको वोर्ड हटाएर विराट आयुर्वेद एण्ड हर्वल नामको फर्म सञ्चालन गरेको भन्दै विराटनगर ३ का गोविन्द खड्काले आपत्ति जनाएका छन् । तीन जनाको नाममा संचालन रहेको विराट आयुर्वेद फार्मेसीको नामबाट सञ्चालित फार्मेसीको बोर्ड हटाएर विराटनगर ३ का प्रेम सोनीले एक लौटी रुपमा नयाँ फर्म दर्ता गरि पुरानै फार्मेसीमा सञ्चालन गरेको भन्दै खड्काले आपत्ति जनाए ।
विराटनगरमा शुत्रबार पत्रकार सम्मेलन गरि खड्काले आँफु काठमाण्डौं गएको समयमा प्रेम सोनीले विराट आयुर्वेद फार्मेसीको नाम हटाएर सोही स्थानमा विराट आयुर्वेद एण्ड हर्वल सञ्चालन गरेको खड्काले बताए । विराट आयुर्वेद फार्मेसी रहेको स्थानमा एक लौटी रुपमा विराट आयुर्वेद एण्ड हर्वल सञ्चालन गरेपछि खड्काले आज तालावन्दी नै गरे । तर सोनीले ताला फोडेर पसल सञ्चालन गरेको उनको आरोप छ ।
यसअघि सोनी, खड्का र मोरङ बवियाविर्ताकी रमा दाहालले संयुक्त रुपमा विराट आयुर्वेद फार्मेसी सञ्चालन गरेका थिए । विराट आयुर्वेद फार्मेसीमा खड्का र सोनीको ४५-४५ प्रतिशत र दाहालको १० प्रतिशत साझेदारी रहेको थियो । फार्मेसीले बार्षिक ४ करोडको कारोवार गर्ने गरेको खड्काले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्