एक नम्बर प्रदेश संसदमा सभामुखको रुलिङको अबज्ञा, सांसद आफुखुसी पोसाकमा

एक नम्बर प्रदेश संसदमा सभामुखको रुलिङको अबज्ञा, सांसद आफुखुसी पोसाकमा

विराटनगर, ९ असार ।
सत्तापक्षका सांसद सदनमा आफुखुसी पोसाकमा संसदमा उपस्थित थिए । सभामुख प्रदिप कुमार भण्डारीले मंगलवारको सदनमा सांसदहरुलाई आचरणमा बस्न २ पटक रुलिङ गरे । मंगलवारको बैठक सकिनु अघि सभामुखले भने, सदस्य ज्युहरु, प्रदेश सभा बैठकको खैरो रङको कोट ड्रेसकोटका रुपमा तोकिसकिएको छ, संसदको मर्यादाको ख्याल गर्दै बैठकमा आउँदा अनिवार्य लगाउनु होला।’ तर बुधवार र बिहिवारको बैठकमा उपस्थित आधाभदा बढी सांसदहरुले सभामुखको रुलिङ ख्यालै नगरी आफुखुसी पोसाकमा सदनमा उपस्थित भएका थिए । सदनमा उपस्थित मन्त्रीहरुपनि तोकिएको पोसाकमा उपस्थित हुँदैनन् । बिहिवारको सदनमा नेकपामा प्रमुख सचेतक बुद्धीकुमार राजभण्डारी पनि खैरो कोर्टमा थिएनन् । ‘सिलाउन दिएको १५ दिन भयो, आजबिहान सदन आउँदा पनि सिलाईसकेको रहेनछ, उनले भने, मर्यादाको ख्इाल छ तर सिलाई नै ढिलो भयो ।’ बैठकमा बिपक्षी दलको तुलनामा सत्तापक्षका सांसदहरु आफुखुसी पोसाकमा सदनमा उपस्थित थिए । सभामुखको रुलिङको पालना नगरेकी सदनमा गएकी सत्तापक्षकी सदस्य सौभाग्यवती देबी राईले रोस्टमा छलफलमा भाग लिँदै भनिन् ‘मैले अनुशासनलाई उल्लंघन गरेकी छु, माफी चाहन्छु कोट लगाउनु पर्ने हो , आज लगाएकी छैन ।’ उनले त त्यतीसम्म भनिन् अन्य धेरै सदस्यहरु बिना कोटमा रोस्टमा गए भाषण गरे फर्किए । कान्तिपुर दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्