ढुङ्गा गिटीको अबैध उत्खनन बिषयमा तयार भएको छानविन प्रतिवेदन गुपचुपमा

ढुङ्गा गिटीको अबैध उत्खनन  बिषयमा तयार भएको छानविन प्रतिवेदन गुपचुपमा

विराटनगर,९ असार ।
मोरङको उर्लावारी नगरपालिकाका मेयर खड्ग फागोसँगको मिलेमतोमा मिक्लु र सोल्टी खोला अबैध उत्खनन प्रकरणमा बाहिर आएको केही दिनपछि जिल्लाप्रशासन कार्यालयल मोरङले छानविन समिति गठन गरेको थियो । समितिले प्रतिबेदन समयमा नै बुझाएको भएपनि अझै सार्वजनिक भएको छैन । जिल्ला प्रशासन कार्यालयमा प्रतिबेदन राखिएको छ । घटनाले राजनीतिक रुप लिन सक्ने भन्दै प्रशासनले प्रतिबेदन सार्बजनिक नगरेपनि ठेकेदारलाई जरिवाना गराएको छ । तर अबैध उत्खनन् गर्न सहयोग गर्ने उर्लावारी नगरपालिकाका मेयर खड्ग फागोका बिषयमा भने प्रतिबेदनमा उल्लेख छैन ।
स्थानीय प्रशासनले गठन गरेको छानविन समितिले प्रतिबेदन सार्बजनिक नगरेपछि उलौवारीका गंगाप्रसाद बाँस्तोलाको संयोजकत्वमा जनस्तरको छानविन तथा दवाव समिति गठन गरेको थियो । समितिले अध्ययन गरी २९ हजार ६ सय ७५ घन मिटर उत्खनन् गरी २६ हजार ७ सय २५ घनमिटर ढुङ्गा गिटी बिक्री गरेको निश्कर्ष निकालेको थियो । जन स्तरको समितिले ३ करोड भन्दा माथिका ३ हजार ३ सय ६३ टिप्पर ढुङ्गागिटी बिक्री गरेको दाबी गरेको थियो । तर जिल्ला प्रशासन कार्यालयले गठन गरेको प्राबिधिक समितिले भने ७ सय घन मिटर मात्र उत्खनन् गरेको उत्खनन गरेको प्रतिवेदन बनाएको छ ।
मोरङको उर्लावारी नगरपालिकाका मेयर खड्ग फागोसँगको मिलेमतोमा मिक्लु र सोल्टी खोला अबैध उत्खनन गरी ढुङ्गा गिटी बिक्री गरेका ठेकेदार भिम पौडेललाई ६ लाख जरिवाना गरिएको छ । वातावरणीय प्रभाव मुल्याङ्कन नगरिएको खोलाको अबैध उत्खनन् गरी ढुङ्गागिटी तस्करी गरेको आरोप लागेका बिवादास्पद ठेकेदार पौडेललाई ६ लाख ५ हजार ९ सय रुपैयाँ जरिवाना गरिएको हो । अबैध रुपमा उत्खनन गरिएको गुनासो आएपछि जिल्ला प्शासन कार्यालय मोरङले छानविन समिति गठन गरेको थियो । प्राबिधिकहरु सहितको समितिको सिफारिस अनुसार ठेकेदारलाई जरिवाना गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।
प्रशासनले गठन गरेको छानविन समितिले च्यानलाईज (पानीको प्रवाहलाई खोलाको बिचमा पार्ने प्रक्रिया) गर्न नगरपालिकाले पनि बिधि र प्रक्रिया नपुर्याएको प्रतिवेदन दिएको छ । प्रतिवेदनमा च्यानलाईज गर्नुपर्ने ढुङ्गागिटी निकालेर बिक्री गरिएको उल्लेख छ । समितिले अध्ययन पछि ७ सय घनमिटर क्षेत्रको ढुङ्गा गिटी उठाएर बिक्री गरेको निश्कर्ष सहित ६ लाख ५ हजार ९ सय रुपैयाँ जरिवावना तिराएको हो । प्रजिअ आचार्यका आनुसार, ठेकेदार पौडेलले जरिवाना वापतको रकम पनि तिरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्