बिराटनगर , असार १० । विराटनगरस्थित एक घरबाट नौ जुवाडे पक्राउ परेका छन।
विराटनगर महानगरपालिका ११ स्थित तुलसी श्रेष्ठको घरबाट जुवा खेल्ने नौ जनालाई प्रहरीले २४ हजार ३ सय २४ रुपैयासहित शनिबार दिउँसो पक्राउ गरेको छ।
श्रेष्ठको घरमा जुवा हुदैछ भन्ने विशेष सुचना पाएपछि वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले उनीहरुलाई तास खेलेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
जुवाको खालबाट प्रहरीले आठ बुक तास र जुवाडेरहरुको ८ थान मोवाईल समेत बरामद गरेको छ। सबैलाई अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई राखिएको छ