बिराटनगरका बिद्यालयको एसइई नतिजा यस्तो छ !!

बिराटनगरका बिद्यालयको एसइई नतिजा यस्तो छ !!

प्रेम देवान

विराटनगर ११ असार । ग्रेडिङ प्रणालीअनुसार शनिबार सार्वजनिक गरिएको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा विराटनगरका निजी स्कुलहरुको नतिजा चित्त बुज्दो आएको विद्यालयहरुले बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) विराटनगरका अध्यक्ष प्रेम सुवाल का अनुसार नगरभित्रका ६२ स्कुलका करिव ३२ सय विद्यार्थीले दिएको परीक्षाको नतिजा चित्त बुझ्दो आएको छ । ‘लेटर ग्रेडिङ सिस्टम’का बारेमा विद्यार्थी तथा अभिभावक अझै पनि अलमलमा परेको सुवालले बताउनुभयो । यो सिस्टमले गर्दा विद्यार्थीहरुमा पढाई प्रतिको लगावमा पनि  कम चासो देखिएको सुवालले ठम्याई छ । ‘पहिलेको एस.एल.सीमा जस्तो विद्यार्थीहरुले मेहनत नगरिदिएका कारण पनि एसइइमा विद्यार्थीहरुले चाहे जस्तो नतिजा कम ल्याउन थालेको सुवालले बताउनुभयो ।

विराटनगरका केही निजी स्कुलको नतिजा यस प्रकार रहेको छ :

विराटनगर ६ मा रहेको एभरेष्ट स्कुलका १४६ जना मध्ये (ए प्लस) ९० जना, (ए) ५६ जना , र ४ जिपिए, रहेका मध्ये स्कुलको सबैभन्दा टप कृतिका थापा रहेकी छिन् । अरनिको स्कुलबाट ७४ जना सहभागी भएकोमा १५ जना एप्लस, ए ४२ जना , बी प्लस १६ जना रहेका थिए, त्यसैगरी देवकोटा स्कुलका विद्यार्थीहरुले ए प्लस ४७ जना, एमा १७ जना , बि प्लस, १२ जना, मदर टेरेसा स्कुलका सबै विद्यार्थीहरु ए ग्रेडमा पास भएका छन् ।

यसपालीको एईईमा स्कुलबाट ५२ जनाले परीक्षा दिएका थिए । बिराटनगरकै डीएभीबाट ६९ जनाले परिक्षा दिएको र ए प्लसमा १४ , ए ४२ जना पास भएका छन्  । उता विराटनगर १२ मा रहेको गोदावारी सेकेन्डरी स्कुलमा ए प्लसमा १ जना , ए ग्रेडमा ७ जना, बि प्लसमा १० जना, भानु स्कुलबाट ए प्लसमा ६ जना , ए ग्रेडमा १६ जना , बि प्लसमा १० जना, र वि ग्रेडमा ४ जना , त्यसै गरी हाटखोलामा रहेको ग्रेडेड स्कुलले ए प्लसमा ४ जना, ए ग्रेडमा २१ जना, वि प्लसमा १३ जना पास भएका छन् ।

बिराटनगरकै बाल कल्याण बिद्या मन्दिरबाट २ सय २२ जना बिद्यार्थी मध्ये ११० जनाले एप्लस , १०३ जना ए , बी प्लस ८ र बी १ जना रहेका छन् । कोशी बिद्या मन्दिरबाट ५५ जनाले एसइई दिएकोमा ए प्लस १४ जना , ए ३८ र बी प्लस ३ बिद्यार्थी उतिर्ण भएका छन्  ।

यस वर्षको परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ र आंशिकतर्फ २५ हजार १३८ परीक्षार्थी सहभागी भएका थिए । यस्तै प्राविधिक धारको नियमिततर्फ आठ हजार ९०६ र आंशिकतर्फ १० परीक्षार्थी सहभागी थिए । कार्यालयले आफूले प्राप्त गरेको कुनै विषयको नतिजा चित्त नबुझेमा सम्बन्धित परीक्षार्थीले पुन प्रयोग गर्नसक्ने व्यवस्था गरेको छ ।

विद्यार्थीले प्रतिविषय रु ५०० र आवश्यक विवरणसहित परीक्षा नियन्त्रण कार्यालय वा सम्बन्धित शिक्षा निर्देशनालय वा शिक्षा विभाग तथा समन्वय इकाईमा नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र निवदेन दिन सक्ने व्यवस्था गरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

पूरक अर्थात ग्रेडवृद्धि परीक्षाको हकमा भने सैद्धान्तिक विषयतर्फ सि, डि प्लस, डि र ई ग्रेड प्राप्त गर्ने परीक्षार्थीले जति विषयमा सि ग्रेड र सो भन्दा तल्लो ग्रेड प्राप्त गरेको छ र त्यस्ता विषयमध्ये निजले चाहेको विषयमा र मूल परीक्षामा दुई विषयसम्म अनुपस्थिति भएको वा दुई विषयसम्म ग्रेड नखुलेको विषयमा परीक्षार्थीले पूरक अर्थात ग्रेडवृद्धि परीक्षमा सहभागी हुन पाउने व्यवस्था गरेको छ । कार्यालयले आगामी साउन २३ गते बुधबार बिहान ८ बजेबाट परीक्षा संचालन गर्ने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्