विराटनगर, ११ असार ।
विराटनगर ११ असार । पेट तथा कलेजो रोगका विरामीहरुको लागी ग्याष्ट्रो केयर सेन्टर सञ्चालनमा आएको छ । विराटनगर ९ स्थित रंगेलीरोडमा सोमबारदेखि ग्याष्ट्रो केयर सेन्टर संचालनमा आएको हो । एक कार्यक्रम विच सेन्टरको उद्घाटन गर्दै संञ्चालनमा ल्याईएको हो ।
ग्याष्ट्रो केयर सेन्टरमा विशेष गरी पेट तथा कलेजोको विरामीहरुको उपचार हुने सेन्टरले जनाएको छ । संचालक सरिता यादवले विराटनगरमा यस प्रकारका छुट्टै सेवा प्रदान गर्ने क्लनिक नभएका कारण ग्याष्ट्रो केयर सेन्टर सञ्चालनमा ल्याईएको जानकारी दिईन् । ग्याष्ट्रो सेन्टरमा क्यान्सर रोग सम्बन्धि सेवा पनि रहेको ग्याष्ट्रो सेन्टरका रामबाबु रोयले जानकारी दिए ।
सेन्टरमा गंगाराम हस्पिटल न्यू दिल्ली भारतबाट फेलोसिप गरेका लिभर ग्याष्ट्रोलोजीक डा. राजेश्वर यादव तथा क्यान्सर सम्बन्धि एम.डी अङकोलोजी.एनएएमएस क्यान्सर रोग विशेषज्ञ डा. रगिन कठेतले उपचार तथा परामर्श दिने जनाईएको छ ।