विराटनगरको आईसीपी निर्माणमा दशगजाको माटो निकाल्दा स्थानीयको प्रतिकार

<span class='c1'>विराटनगरको आईसीपी निर्माणमा दशगजाको</span> <span class='c2'>माटो निकाल्दा स्थानीयको प्रतिकार</span>

विराटनगर, १२ असार ।
भारतीय निर्माण कम्पनीको भारतीय पक्षले नेपाल–भारत सीमा क्षेत्र दशगजा अतिक्रमण गर्दै माटो निकाल्न थालेको छ । एककिकृत भन्सार जाँच चौकी निर्माणको नाममा दशगजा अतिक्रमण गरी माटो निकाल्न थाले पछि भारतीय निर्माण कम्पनी र स्थानीय बिच विवाद भएको हो । आईसीपी निर्माणको जिम्मा भारतीय कम्पनी दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकन प्रालि अहमदावादले पाएकोमा त्यस कम्पनीले निर्माणको क्रममा अन्यत्रबाट लैजानुपर्ने माटो दशगजा क्षेत्रको निकालेपछि स्थानीय आक्रोशित भएका हुन ।
निर्माण कम्पनीका ईन्जीनियर अवधेशकुमार साह सहितको टोलीले डोजर सहित बिराटनगर महानगरपालिका १८ को भेडियारीमा निर्माण भईरहेको आईसीपीको पस्चिम–दक्षिणमा रहेको सीमा क्षेत्र दशगजाको सिमामा रहेको नेपाली जग्गा तर्फ अतिक्रमण गर्न थालेपछि आन्दोलनमा उत्रनु परेको स्थानीय निरज यादवले बताए ।
नेपाल–भारत सीमा क्षेत्रको दशगजामा कुनैपनी देशले आफ्ना गतिबिधि संचालन गर्नु परे दोहोरो सम्झौता र सहमतीको आधारमा गर्ने अन्तराष्ट्रिय प्रचलन छ । तर त्यसको खिल्ली उडाउँदै निर्माण कम्पनीको एकजना ईन्जीनियरले यसरी नेपाल र भारतको सिमा नै अतिक्रमणमा पर्नेगरी गरेको गतिबिधि गलत भएकोले प्रतिकारमा उत्रिएका स्थानीय बिनोद मण्डलले बताए । उनका अनुसार, उनीहरु डोजर लिएर खन्न आएपछि दशगजा क्षेत्र भनेको नेपालीहरुको निसानी रहेकोले हामीले रोकेका हौँ ।
तर रोक्न खोज्दा मण्डललाई आईसीपी निर्माणको ठेकेदार कम्पनीका केही कर्मचारी आएर धम्क्याएको उनले बताए । ‘बिहान डोजर सहित आएका थिए, हामी गाउँभरीका ब्यक्तिले त्यहाँ खन्न नदिने भनेर लाग्यौँ, उनले भने, हामीले रोक्दा रोक्दैपनि ४ टिप्पर माटो जवरजस्ती निकालेर लगे । त्यसपछि गाउँलेले प्रहरीलाई खबर गरेपछि सशस्त्र सहितको टोलीले उनीहरुलाई हटाएको थियो ।’
बिराटराजाको दरवार नजिकै रहेको सो स्थानमा भारतीय निर्माण कम्पनीले जानी–जानी भारतीय सुरक्षा बल एसएसबीको आडमा दशगजामा डोजर लगाएर नेपाल तर्फको दशगजा खनेका थिए । अहिले नेपाल तर्फ आईसीपी निर्माणको क्रम चलिरहेको छ । यो निर्माणको जिम्मा भारतीय निर्माण कम्पनीले पाएको छ । यस बिषयमा सशस्त्र प्रहरी बल रानीका सशस्त्र प्रहरी उपरीक्षक मनिष थापाले दशगजामा डोजर लगाएको बिषयमा अनुसन्धान भईरहेको बताए । उनका अनुसार, स्थानीयले खबर गरेपछि सशस्त्र प्रहरी सिमामा पठाईएको थियो । त्यसपछि उनीहरु डोजर लिएर फर्किएका थिए ।
तर निर्माण कम्पनीका ईन्जीनियर अबधेशकुमार साहले त्यहाँ डोजर लगाउने कारणका बिषयमा केही प्रतिक्रिया दिन मानेनन् । पानीको निकाशको लागी माटो निकालिए भन्नेसम्म बताएपनि दशगजामा नै किन जोडर लगाएर माटो निकालिएको हो भन्ने बिषयमा उनले केही बताएका छैनन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्