विराटनगरमा दुर्घटना : भुपु प्रहरीलाई ट्याङकरले ठक्कर दिई चालक फरार

<span class='c1'>विराटनगरमा दुर्घटना : भुपु प्रहरीलाई</span> <span class='c2'>ट्याङकरले ठक्कर दिई चालक फरार</span>

विराटनगर १३ असार । विराटनगर ६ स्थित धरानरोडमा आज ट्याङकरले स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालक गम्भिर घाईते भएका छन् ।
महेन्द्रचोकदेखि आयल निगम तर्फ जादै गरेको ना २ ख ४७५७ नम्बरको तेल बोक्ने आयल निगमको ट्याङकरले स्कुटर चालकलाई ठक्कर दिएको थियो ।
सोही दिसा तर्फ जादै गरेको को ३० प ६२५ नम्बरको स्कुटर चालक हस्त बहादुर विकलाई ट्याङकरले ठक्कर दिदाँ गम्भीर घाईते भएका छन् ।

भुतपूर्व नेपाल प्रहरी समेत रहेका विकको अहिले न्यूरो अस्पतालमा उपचार भईरहेको छ ।

ठक्कर दिने ट्याङकरका चालक फरार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले जनाएको छ । ट्याङकर र स्कुटर भने वडा प्रहरी कार्यलय विराटनगरको नियन्त्रणमा रहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्