बिराटनगरको ग्राजुएट कोचमा प्रि-मेडिकल तथा इन्जीनियरीङ कक्षा हुने

<span class='c1'>बिराटनगरको ग्राजुएट कोचमा प्रि-मेडिकल</span> <span class='c2'>तथा इन्जीनियरीङ कक्षा हुने</span>

बिराटनगर असार २० , मेडिकल ,नर्सिंङ तथा इन्जीनियरीङ पढ्नका लागि तयारी कक्षा लिन बिराटनगरबाट काठमान्डौ नै धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । अब बिराटनगरमा नै काठमान्डौका शिक्षक सहितको तयारी कक्षा बिराटनगरको ग्राजुएट कोचमा संचालन हुने भएको छ । बिराटनगर मै कक्षा ११ र १२ पढ्दै गरेका बिद्यार्थीको निम्ति तयारी कक्षा संचालन हुन लागेको ग्राजुएट कोचका एकेडेमीक प्रमुख डा. साहिल थपलियाले बताए ।

नेपाल सरकार शिक्षा मन्त्रालयको छात्रवृत्ति , आइओएम छात्रवृत्ति तथा आइओइ को छात्रवृत्तिको लागि कक्षा १२ पढ्दा पढ्दै बिद्यार्थीले तयारी कक्षा लिन सक्ने डा. थपलियाले जानकारी दिए  । उक्त कोर्ष पूर्णरुपमा मेडिकल तथा इन्जीनियरीङको प्रवेश परिक्षालाई आधार बनाएर तयार पारिएको तथा नेपाल सरकार शिक्षा मन्त्रालयको छात्रवृत्ति ,आइओएम छात्रवृत्ति तथा आइओइ को छात्रवृत्ति पाएका शिक्षक स्वयंमले कक्षा लिने हुदा बिद्यार्थीलाई मेडिकल ,नर्सिंङ तथा इन्जीनियरीङ पढ्नका लागि सहज हुने दाबी डा.थपलियाको रहेको छ ।डा.थपलिया स्वयम् पनि नेपाल सरकार शिक्षा मन्त्रालयको छात्रवृत्तिमा डाक्टर पढेको हुनाले सहि व्यक्तिबाट तयारी कक्षा लिदा बिद्यार्थीलाई फाइदा पुग्ने दाबी संचालकको रहेको छ । बिद्यार्थीले  तयारी कक्षाका लागि पढ्दा किताब समेत उपलब्द हुने छ । 

बिराटनगरको महेन्द्र चोकमा रहेको उक्त इन्स्टिच्युटमा आगामी श्रावनको दोस्रो हप्ता देखि कक्षा संचालन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्