विश्वकप : क्वाटरफाइनलको समीकरण पूरा, को-को भिड्दै छन् ?

विश्वकप : क्वाटरफाइनलको समीकरण पूरा, को-को भिड्दै छन् ?

काठमाडौं, २० असार। रुसमा जारी विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार रातिबाट प्रि–क्वाटरफाइनल खेल सकिएसंगै क्वाटरफाइनल समीकरण पुरा भएको हो ।फ्रान्स, उरुग्वे, रुस, क्रोएसिया, ब्राजिल, बेल्जियम, स्विडेन र इंग्ल्यान्डले अन्तिम आठमा स्थान पक्का गरेका छन् । विश्वकपको क्वाटरफाइनल खेलहरू असार २२ (शुक्रबार)बाट शुरु हुनेछ ।पहिलो क्वाटरफाइनलमा उरुग्वे र फ्रान्सले प्रतिस्पर्धा गर्ने छन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे शुरु हुनेछ ।  शुक्रबार नै दोस्रो क्वाटरफाइनल खेल हुनेछ । जसमा ब्राजिल र बेल्जियम खेल्ने छन् । ब्राजिल र बेल्जियमबीचको खेल राति ११ः४५ बजे शुरु हुनेछ ।

यस्तै तेस्रो र चौथो क्वाटरफाइनल खेल असार २३ गते हुनेछ । तेस्रो क्वाटरफाइनलमा स्विडेन र इंग्ल्यान्डले खेल्ने छन् । स्विडेन र इंग्ल्यान्डबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा शुरु हुनेछ ।विश्वकपको चौथो तथा अन्तिम क्वाटरफाइनलमा आयोजक रुस र क्रोएसियाले खेल्ने छ । रुस र क्रोएसियाबीचको खेल नेपाली समय अनुसार राति ११ः४५ मा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्