बिराटनगर मै क्याम्व्रिज विश्वविद्यालयको ए लेभल पढ्न पाएपछि बिद्यार्थी हर्षित

<span class='c1'>बिराटनगर मै क्याम्व्रिज विश्वविद्यालयको ए</span> <span class='c2'>लेभल पढ्न पाएपछि बिद्यार्थी हर्षित</span>

बिराटनगर असार २१ , संसार कै उत्कृष्ट क्याम्व्रिज विश्वविद्यालयको ए लेभल कोर्ष विराटनगरमा संचालन गर्दै आएको युरो कलेजमा बिद्यार्थीको आकर्षण बढेको छ । एसइइ पछीको यो पढाइको लागि बिराटनगरस्थित कलेजमा इलाम , झापा , सुनसरी देखीका बिद्यार्थी आएको कलेजका ए लेभल ईन्चार्ज रमेश निरौलाले जानकारी दिए । 

सैद्धान्तिक र व्यावहारिक रुपमा दक्ष बन्न बिद्यार्थीलाई मदत गर्ने उक्त कोष पढ्न बिद्यार्थीले रुची देखाएको निरौलाको भनाइ छ । ए लेभल कोष गर्न काठमान्डौ नै जानुपर्ने अवस्थाको अन्त्य भएको पनि उनले दाबी गरे ।

के हो ए – लेभल कोर्ष ?

बेलायतको क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गत , क्याम्ब्रिज इन्टरनेशनल एक्जामिनेसन बोर्ड (सी.आई.ई) ले चलाउने जनरल सर्टिफिकेट अफ एजुकेशन –जी.सी.ई) को शैक्षिक कार्यक्रम हो ।

ए–लेभल जनरल पेपर (अग्रेजी) बाहेक आफूलाई मन परेका विषय रोजेर पढ्न सकिन्छ । अग्रंजी बाहेक अरु तीन वटा विषय पास गरे विश्वको कुनैपनि विश्व विद्यालयमा भर्ना हुन योग्य हुन्छन् । ए लेभल पढेका विद्यार्थीहरुले अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र पाउने हुनाले विद्यर्थीलाइृ अवसरको ढोका खोलिदिन्छ । यो विश्वको १६० मुलुकमा पढाई हुने यो ए लेभल परीक्षा प्रणाली र ग्रेडिङ प्रणाली पनि विश्वभर एउटै मापदण्डको हुन्छ ।

लेभलको परीक्षा प्रणाली सिस्टम चाही प्रत्येक वर्ष “मे/ जुन र अक्टोबर /नोभेम्बरमा गरी वर्षमा दुई पटक विश्व भरी नै एकै पटक परीक्षा हुन्छ । यिनीहरुको रिजल्ट पनि एकै चोटी अगष्ट र जनवारीमा प्रकाशन हुन्छ । विद्यार्थी पुर्ण रुपमा तयार भएको विषयमा मात्र परीक्षा दिन पाईने भएकाले विद्यार्थीलाई राम्रो ग्रेड ल्याउन सजिलो हुन्छ ।आफू सक्षम भएको विषयको परीक्षा पहिले दिएर बाकी विषयमा आउने ६ महिना पछि दिए पनि हुन्छ । अर्को कुरा यदि कुनै विषयमा कम अड्ढ आएका त्यो विषयको मात्र पुन :परीक्षा दिएर राम्रो अड्ढ पनि ल्याउन सकिने नियम रहेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्