विराटनगर नाकामा यसरी हुन्छ चाँदीको अबैध कारोवार

<span class='c1'>विराटनगर नाकामा यसरी हुन्छ</span> <span class='c2'>चाँदीको अबैध कारोवार</span>

विराटनगर, २२ असार । सिमावर्ती बजार भारतको जोगवनीबाट विराटनगरतर्फ ल्याउँदै गरेको अवैध १९ तोलो ९३ ग्राम चाँदी सहित एक जना भारतीय नागरीकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी विराटनगरले भारतको अररीया जमुवा ग्रामपंचायतका २२ वर्षिय राज कुमार शाहलाई विराटनगर – १५ हुलास मेटल चोकबाट अवैध रुपमा नेपाल भित्राएको अवैध चाँदीसहित पक्राउ गरेको हो ।
‘शंकाःपद लागेपछि चाकजाच गर्ने सोधिखोजी गर्ने क्रममा उनको साथबाट अवैध चाँदी फेला परेको ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरिक्षक सन्तौष निरौलाले जानकारी दिए । साहले बोकेको झोलाबाट प्रहरीले चाँदीको तयारी गहना, हातमा लगाउने पंन्जा २ जोर, औंठी २४ वटा, स–साना चाँदीको दानाहरु प्रहरीले बरामद गरेको छ ।
विराटनगरका सुन चाँदी व्यापारीहरुले काचो चाँदी लुकाई छिपाई गरेर भारत पुर्याउने र आर्षणक गरगहना बनाएर अवैध रुपमा नेपाल भित्राउने गरेको बताइएको छ । नेपालमा भन्दा भारतमा तयारी गरगहना बनाउँदा ज्याला सस्तो हुने र आर्षण बनाउने भएकोले व्यापारीहरुले भरिया प्रयोग गरी अवैध रुपमा कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले बरामद गरेको अवैध चाँदी बिहीबार बिराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।
तीन पटकमा २ केजी ७० तोला बरामद
इलका प्रहरी कार्यालय रानी विराटनगरले चालु आर्थिक वर्षको असार २१ गतेसम्म तीन पटक भारतबाट नेपाल ल्याउँदै गरेको अवैध चाँदी बरामद गरेको छ । तीन पटकमा प्रहरीले पक्राउ परेका तीन जनाबाट २ केजी ७० तोला अवैध चाँदी बरामद गरेको इलका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक निरौलाले जानकारी दिए ।
एक महिना अघि मात्रपनि चाँदीको विभिन्न सामाग्रीहरु बनाएर नेपाल ल्याउँदै गरेको ५१ तोला चाँदी बरामद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्