ब्राजिली खेलाडीहरुको नसुनिएको कथा–कालको मुखबाट बचेका नेयमार

<span class='c1'>ब्राजिली खेलाडीहरुको नसुनिएको कथा–कालको</span> <span class='c2'>मुखबाट बचेका नेयमार</span>

काठमाडौं, २२ असार । विश्वकप फूटबलमा ब्राजिलले राम्रो प्रदर्शन गर्दै क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ । यस टीमका खेलाडीहरूको जीवन संघर्षपूर्ण छ र यहाँ त्यसैको वर्णन गरिँदैछ ।

एलिसन बेकर (गोलकीपर)

गोलकीपिङ एलिसनको रगतमा बगिरहेको छ भन्नु गलत हुँदैन । एलिसनकी आमा पनि फूटबल खेल्थिन् र गोलकीपर नै थिइन् । एलिसनका दाजु मुरिएल पनि गोलकीपर हुन् र शुरूतिर उनीहरू एउटै टीमबाट खेल्थे । दाजुलाई चोट लाग्दा मात्र एलिसनले मौका पाउँथे । अर्को रमाइलो कुरा एलिसनका अंकल जुत्ता बनाउँथे र एलिसनले उनीसँग मिलेर पहिलोपटक आफ्नो लागि फूटबल जुत्ता बनाएका थिए ।

डेनलो

करीयरको शुरूआतमा डेनिलो गोलकीपर बन्न चाहन्थे र त्यही पोजिसनबाट खेल्थे पनि । तर एक दिन उनका कोचले उनलाई फुल ब्याकका रूपमा मैदानमा उतारे ।त्यसपछि उनले कहिले पनि पञ्जा लगाएनन् । त्यो पञ्जा उनका पिताले अतिरिक्त पैसा दिएर किनेका थिए । डेनिलो कुनै उपाधि जितेर घर फर्केपछि उनका शहरका मानिसले उनलाई दमकलमाथि राखेर परेड निकाल्छन् । डेनिलो १५ जुलाईमा जन्मेका हुन् र त्यही दिन विश्वकपको फाइनल खेलिनेछ ।

थियागो सिल्भा

सिल्भा १७ वर्षको हुँदा रुसमा एक प्रतियोगिता खेलिरहेका थिए । उनको स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पतालमा भर्ना गरियो । उनलाई क्षयरोग लागेको पत्ता लाग्यो । ६ महिनासम्म उनी अस्पतालमै बसे । उनकी आमा र प्रेमिका उनलाई भेट्न रुस जान सकेनन् ।

तर त्यसपछि निको भएर उनी अहिले तेस्रोपटक विश्वकपमा खेल्दैछन् । सन् २०१४ मा चिलीविरुद्ध पेनाल्टी शूटआउटका बेलामा आफ्ना भावनाहरूलाई नियन्त्रण गर्न सकेनन् र मैदानमै रुन थाले ।

मिरान्डा

मिरान्डा ११ दाजुभाइमा कान्छा थिए । उनी ६ वर्षको हुँदा ठूल्दाजुको २४ वर्षको उमेरमा मृत्यु भएको थियो । ती दाजु फूटबल खेल्ने गर्थे । मिरान्डाले यो दुर्घटनापछि आफ्नी आमालाई आफू फूटबलर बन्ने र ब्राजिलका लागि विश्वकप खेल्ने बताएका थिए । मिरान्डा अलिक लजालु स्वभावका छन् र ड्रेसिङ रूममा कसैले सोधेमा मात्र बोल्छन् । कोच टिटेले उनलाई खुबै विश्वास गर्छन् ।

मार्सेलो

म्याचपछि प्रायः खेलाडीहरू एकअर्कालाई जर्सी दिन्छन् तर मार्सेलो जर्सी बदल्दैनन् । बरू बूट चाहिँ बदल्छन् । ती बूटहरू उनी मड्रिडमा रहेको आफ्नो घरमा शोकेशमा राख्छन् । उनलाई जिदानको बूट सबभन्दा प्रिय लाग्छ । उनीसँग रोनाल्डोको पनि दुईवटा बूट छन् ।

आफ्ना हजुरबुवासँग अत्यधिक प्रेम गर्ने मार्सेलोले हजुरबुवाको जन्ममिति (मे २६, १९३८) को टाटू बनाएका छन् । मार्सेलोका हजुरबुवाले जागिर छोडेर उपादान आएको पैसाबाट कार किनेका थिए । उनी मार्सेलोलाई त्यही कारमा चढाएर रंगशाला पुर्‍याउँथे ।

क्यासेमिरो

क्यासेमिरोका भाइको टीम कुनै खेल खेलिरहेको थियो र गोलकीपर आएको थिएन । यस्तो अवस्थामा क्यासेमिरोले गोलकीपर भएर खेले । उनको खेल देखेर प्रशिक्षकले उनलाई लिए तर गोलकीपरका रूपमा नभई आउटफील्ड खेलाडीका रूपमा । क्यासिमेरोका परिवार र साथी उनलाई कार्लिन्हो भनी बोलाउँछन् । क्यासिमेरोले पहिलो तलब पाएपछि त्यो पैसाले आमाका लागि घर किनेका थिए ।

पउलिन्हो

लिथुआनिया र पोल्यान्डमा खेलेपछि पैसा नलिइकन स्वदेश फर्केका पउलिन्हो एकदम निराश थिए । त्यतिखेर उनको उमेर १७ वर्ष मात्र थियो ।

पैसाको समस्या आएपछि उनले फूटबल नखेल्ने निर्णय लिएका थिए । तर साथीहरूले उनलाई ब्रैगांटिनो क्लबबाट खेल्न सुझाव दिए । त्यसपछि उनले प्रगति गर्दै ब्राजिलको शीर्ष क्लब कोरिन्थियन्स र पछि बार्सिलोनाबाट खेल्न थाले । उनी आजसम्म पनि बार्सिलोनाबाट उनको एजेन्टले गरेको कल जीवनकै सर्वोत्कृष्ट पल मान्छन् ।

विलियन

विलियन ब्राजिलका तर्फबाट विश्वकप छनोट खेल खेल्दै गर्दा उनकी आमा कोमामा थिइन् । यस्तो मुश्किल अवस्थामा पनि यी जुझारु ख्ेलाडीले शानदार खेल खेले । दश दिन कोमामा गएपछि उनकी आमाको मृत्यु भयो । तर मर्नुअघि उनी उठेर भेनेजुएलाविरुद्ध ब्राजिलको खेल हेरिन् । त्यसमा विलियनले शानदार गोल गरेका थिए । विलिय आजसम्म पनि त्यो आफ्नो सर्वोत्कृष्ट गोल भएको मान्छन् ।

कउटिन्हो

कउटिन्हो चार वर्षका हुँदा एउटा नालीमा लडेका थिए तर चामत्कारिक रूपमा उनलाई केही भएन । कउटिन्हो आफ्नो देशका लागि खेल्ने सपना सानैदेखि देख्थे । उनका दुई दाजुले उनको बाल्यकालका लगभग सबै म्याच रेकर्ड गरेका थिए ।

नेयमार

नेयमारलाई मातियास भनी चिनिने थियो होला तर अन्तिम क्षणमा उनका पिताले आफ्नै नाम छोरालाई दिए । ६ महिनाको हुँदा नेयमार दुर्घटनामा जोगिएका थिए । पूरा परिवार कार चढेर एक रात कतै जाँदै थियो । आँधी तूफान चलेको उक्त रातमा नेयमारका पिताले कारको नियन्त्रण गुमाए तर खुशीको कुरा कसैलाई गम्भीर चोट लागेन ।

गाब्रिएल जिसस

भविष्यका सुपरस्टार भनी चिनिने २० वर्षीय जिसस अघिल्लो विश्वकपअघि सडक रंगाउने काम गर्थे । टेटिन्हा भनी साथीहरूमाझ चिनिने जिससलाई म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डियोलाले फोन गरेर सिटी आउनू भनेका थिए । त्यतिखेर पेपका आधी कुरा आफूले नबुझेको उनी बताउँछन् । जिससलाई उनकी आमाले पालेकी हुन् । उनलाई आफ्ना पिताका बारेमा केही थाहा छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्