उरुग्वेलाई २–० गोल अन्तरले हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा

उरुग्वेलाई २–० गोल अन्तरले हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा

काठमाडौं, २२ असार। फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार साँझ मस्कोस्थित निझ्नी नोभ्गोरोद रंगशालामा सम्पन्न खेलमा  उरुग्वेलाई २–० गोल अन्तरले हराउँदै फ्रान्सले  विश्वकपको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । फ्रान्सको जितमा खेलको ४० औं मिनेटमा राफेल वराने र ६१ औं मिनेटमा एन्टोनी ग्रिजमानले गोल गरे । उरुग्वेका खेलाडी रोड्रिगोले फ्रान्सेली खेलाडीलाई लडाएपछि उनलाई रेफ्रीले पहेलो कार्ड  दिँए । योसँगै  ३० यार्ड परबाट  ग्रिजम्यानले हानेको फ्रिकिक बललाई राफेलले हेडमार्फत जाली चुमाए । उनको यो टीमका लागि तेस्रो अन्तराष्ट्रिय गोल हो भने जसमा ग्रिजम्यानले  दुई ओटा पास मिलाइदिएका थिए ।
यस्तै ग्रिजम्यानले खेलको ६१ औं मिनेटमा अर्को गोल गरे ।   तोलिसोको पासमा ग्रिजम्यानले हानेको प्रहार उरुग्वेका किपरले रोक्ने प्रयास गरेपनि भुत्किँदै गोलमा परिणत हुन पुग्यो ।

पराजित उरुग्वेले फ्रान्सको पोस्टमा ४ वटा टार्गेट सुट हानेपनि बलले गोलको दिशा दिन सकेन । यसो त फ्रान्सले पनि थप दुई टार्गेट सुट हानेको थियो । खेलमा उरुग्वेले ३८ र फ्रान्सले ६२ प्रतिशत बलको पाेजिसन बनाउँदा दुबै तर्फ २–२ वटा हेल्लो कार्डको प्रयोग भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्