ब्राजिल विश्वकपबाट बाहिरियो, बेल्जियम अन्तिम ४ मा

ब्राजिल विश्वकपबाट बाहिरियो, बेल्जियम अन्तिम ४ मा

काठमाडौं,२३ असार । बेल्जियमसँग २–० ले पराजित भएसँगै ब्राजिल रसियामा जारी विश्वकपबाट बाहिरिएको छ ।  शनिबार शनिबार सम्पन्न निकै रोमाञ्चक क्वाटरफाइनल खेलमा ब्राजिलले सुरुमै गोल खान पुग्यो ।खेलको १३ औं मिनेटमा ब्राजिलका फर्नान्डिन्होले  आत्मघाती गोल गरेसँगै उत्साहित बनेको बेल्जियमका लागि ३१ औं मिनेटमा केभिनले गोल गर्दै टोलीलाई २–०को अवस्थामा पुर्याए । यस्तै खेलको ७६ औं मिनेटमा ब्राजिलका रेनातोले गोल फर्काएपछि खेल थप रोमाञ्चित बन्यो ।  त्यसपछि एकपछि अर्को गर्दै बेल्जियमको पोस्टमा ब्राजिलले बल प्रहार गरेपनि बलियो डिफेन्स बाधक बन्न पुग्यो र खेल २–१ मा टुंगिदै बेल्जियम बिजयी बन्न पुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्