ट्याक्टरबाट लडेर सह–चालकको मृत्यु

ट्याक्टरबाट लडेर सह–चालकको मृत्यु

विराटनगर, २३ असार ।
सुनसरीमा ट्याक्टरबाट लडे एकजनाको ज्यान गएको छ । कोशी राजमार्ग अन्तरगत ईटहरी उप–महानगरपालिका १० को ट्रान्सपोर्टमा आज दिउँसोे ट्याक्टरबाट लडेर सह–चालक अजय मल्लिकको ज्यान गएको हो ।
खनारबाट इटहरीतर्फ जाँदै गरेको को.२ त ४२३० नम्बरको ट्याक्टरका सह–चालक चालक ईटहरी ५ बालग्रामका मल्लिकको मृत्यु भएको प्रहरी चौकी खनारले जनाएको छ । गुडिरहेको ट्याक्टरमा चढ्ने क्रममा अचानक चिप्लिएर लड्दा ट्याक्टरको चक्काले च्यापेर उनी गम्भीर घाईते भएका थिए । उनलाई उपचारकालागी धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । ट्याक्टरका चालक फरार रहेकोले खोजीकार्य भईरहेको छ भने ट्याक्टरलाई खनार प्रहरीको नियन्त्रणमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्