गरिब र जेहेन्दार ७ जना बिद्यार्थीलाई छात्रबृती

गरिब र जेहेन्दार ७ जना बिद्यार्थीलाई छात्रबृती

विराटनगर, २३ असार । स्वर्गिय सुवर्ण बहादुर अमात्यको ३८ औं स्मृतिको अबसरमा विद्यार्थीलाई छात्रावृति प्रदान गरिएको छ । मोरङको रंगेली १ ववियाविर्तामा रहेको सुनरे ईङलिस बोडिङ स्कुलका छात्रछात्राहरुलाई छात्रवृति प्रदान गरिएको हो ।
स्कुल परिसरमा शनिबार एक कार्यक्रमको आयोजना गरि ७ जना विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको स्कुलका प्रिन्सीपल केदार पौडेलले जानकारी दिए । स्कुलमा अध्ययनरत जेहेन्दार तथा मेहनती र निम्न स्तर भएका विद्यार्थीहरुलाई छात्रावृति पाउने विद्यार्थीहरुमा सविता मुडरिया, प्रविन बयलकोटी, नेहा राजवंशी, राहुल साह, आदित्य सरदार दिपेश खड्का र विनिसा मार्ठी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्