विराटनगर, २३ असार । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल विराटनगरले बबियाविर्तामा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । मोरङको रंगेली १ ववियाविर्तामा रहेको सनरे ईङलिस बोर्डिङ स्कूलको आयोजनामा एक दिने निःशूल्क स्वास्थ्य शिविरको आयोजन गरिएको हो ।
स्वास्थ्य शिविरमा स्कूलमा अध्ययनरत ३ सय ५ जना विद्यार्थीले स्वास्थ्य जाँच गरिएको बिद्यालयका प्रिन्सिपल केदार पौडेलले जानकारी दिए । शिविरमा न्यूरो अस्पतालका डा. फनेन्द्रप्रसाद मण्डल, डा. काजल श्रेष्ठ तथा स्वास्थ्यकर्मी महाविर मास्के, चश्मी मगर र अनुपा साहले स्वास्थ्य सेवा प्रदान गरेको छन् । न्यूरो अस्पतालले विभिन्न अवसर पारेर स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ ।