झोराहाटका रङगकर्मी गुरागाईलाई आशावादी कला सम्मान पुरस्कार

झोराहाटका रङगकर्मी गुरागाईलाई आशावादी कला सम्मान पुरस्कार

विराटनगर,२३ असार। विराटनगरमा रहेको भानुकला केन्द्रले साहित्यकार तथा कलाकार भरत गुरागाईलाई सम्मानित गरेको छ । शनीवार विराटनगरमा एक कार्यक्रमको आयोजना गरि संस्थाले गुरागाईलाई पुरस्कृत गरेको हो । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले गुरागाईलाई आशावादी कला सम्मान २०७५ बाट सम्मानित गरिएको हो ।
लामो समय देखि रंगमञ्च क्षेत्रमा योगदान दिँदै आएका गुरागाईलाई नाटक लेखन, निर्देशन र अभिनयको माध्यामबाट समाज रुपान्तरणमा खेलेको भुमिकाको प्रशंसा गर्दै सम्मान गरिएको केन्द्रकी अध्यक्ष मायाँ पौडेलले जानकारी दिईन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले एक नम्बर प्रदेश कला र संस्कृतीको क्षेत्रमा अग्रस्थानमा रहेको बताए । उनले आशावादीको बारेमा चर्चा गर्दै आशावादी जस्ता धेरै ब्यक्तिको प्रदेश सरकारले पहिचान गरी कला साहित्य र संस्कृतीको संरक्षणलाई जोड दिईने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्